BSC FM live


टी–ट्वान्टी सिरिज: नेपालले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने


२२ असोज,- पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीमा  छ। खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ११ बजे सुरु हुनेछ। तर टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्न भने नेपाललाई सजिलो छैन। यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको थियो। नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हारसहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो। आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ।
thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी