BSC FM live


सेल्फी खिच्‍दा चिप्लेर चार जनाको मृत्यु


२२ असोज,- भारतमा सेल्फि खिच्ने क्रमम चिप्लिएर एकै घरमा चार जनाको मृत्यु भएको छ। तमिलनाडुस्थित  बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु  भएको हो।  त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ ।  ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एक जना अलि गहिरो स्थानमा पुगेका थिए । गहिरो स्थानमा पुगेका व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि तानेको बताइएको छ । मृतक नवविवाहीत महिलाका पतिले आफ्नी बहिनीलाई बचाउन भ्याए पनि अन्य बाँकी सबै डुबेका बीबीसीले जनाएको छ । द हिन्दू पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । तीन जना पानीभित्र पसेका थिए र साथमा तीन किशो–किशोरी पनि थिए । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ थियो जसमध्ये आधा भारतमा भएको थियो । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।
thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी