BSC FM live


बालिका चोरी गर्ने भारतीय नागरिक बसन्तपुर बाट पक्राउ


तेह्रथुम/२२ असोज,-  लालीगुराँस नगरपालिका १ डोप्कीले बाट ६ बर्षिया बालिकालाई चोरी गरेर लैजादै गर्दा स्थानीयले एक भारतीय नागरिकलाई मंगलबार नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन् । भारतको दार्जिलिङ जिल्ला पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका हुन् । भारतीय नागरिक मण्डलले घरमा कोही नभएको मौका पारी एलीना गुरुङकी ६ बर्षिया छोरी रोषनी गुरुङ लाई चोरी गरेर लैजादै गर्दा लालीगुराँस नगरपालिका १ डोप्कीले क्षेत्र बाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयबासी समेत रहेका वडा नम्बर १ का वडा सदस्य महेन्द्र गुरुङले बताउनु भयो । मण्डल विगत दुई बर्ष देखी बसन्तपुर बजारमा कार्पेन्टरको काम गर्दै आएको प्रहरीले जनाएको छ । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालीएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्ष्ँक आशाराम चौधरीले बताउनु भयो । मण्डलले चोरी गर्ने उदेश्यले नै बालिकालाई लिएर जांदै गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

radiotinjure

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी