BSC FM live


सुनसान हुँदै फिदिम बजार,प्रहरीको सक्रियतामा दोव्वर भाडा लिएका ३५ जनाभन्दा बढिको पैसा फिर्ता


१९ असोज/ पाँचथर- दशैं मनाउन सर्वसाधारण घरघर गएकाले पाँचथरको फिदिम बजार आइतबार बिहानैबाट सुनसानजस्तै देखिन थालेको छ। शनिबारबार सम्म केहि गा्रहकहरुको आवतजावत दिखिए पनि आइतबार बिहानै बाट चहलपहल घटेको हो । अधिकांश होटल पसलहरु बन्द रहेको छ । बजारमा मानिसको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन्। यसैबिच पाँचथरमा प्रहरीको सक्रियता भने बढ्दो देखिएको छ । शनिबार मात्र तोकीएको भन्दा बढि भाडा लिएको पाइएपछि झापाबाट पाँचथर आउदै गरेको ३५ जनालाई जनहि ५ सयका दरले रकम फिर्ता गराउँदै वस चालकलाई पनि एक हजार रुँपैया जरिवाना गरेर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताएका छन् । यसअघि शुक्रबार पनि ट्राफिक र जनपथ प्रहरीले तोकिएभन्दा धेरै भाडा असुल्ने एउटा जीपका चालकवाट रकम फिर्ता गराँउदै एक हजार रकम जरिवाना गराएको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी