BSC FM live


इराकमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या ६० पुग्याे


१८ असोज,- इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो चार दिनमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाको ज्यान गएको हो । प्रदर्शन हिंसात्मक बन्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको बीबीसीले जनाएको छ ।

राजधानी बगदादमा नचिनेका व्यक्तिको आक्रमणबाट दुई प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । बेरोजगारी समस्या बढ्दै गएपछि त्यहाँका युवाहरुले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले सार्वजनिक सेवामा हुँदै आएको लापर्वाही र भ्रष्टाचारको पनि विरोध गरेका छन् । प्रदर्शन हिंसात्मक भन्दै गएपछि इराकका प्रधानमन्त्री अदेल अब्देल माहदीले प्रदर्शनकारीको माग सम्बोधन गरिने बताउनुभएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी