BSC FM live


नेपाल जिम्बावेसँग फेरि पराजित


फिदिम टुडे ।त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । नेपालका लागि विकेटकीपर बिनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए ।

 

त्यस्तै करण केसीले १० बलमा समान १ चौका र छक्का सहित १८ रनमा क्याच आउट भए । पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट भए । दोस्रो ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी तेन्दाइ चतराको बलमा खराब शट खेल्दै ४ रनमा पेभिलिएन फर्केका थिए । कप्तान पारस खड्कालाई सन विलियम्सले १२ रनमा क्याच आउट गराएपछि नेपाल संकटमा परेको थियो । पारसले १५ बलमा २ चौका प्रहार गरे ।

आरिफ शेख दशौं ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा बाउन्डी लाइन नजिकै तिनोटन्डा मुतोम्बोडजीबाट २५ रनमा क्याच आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । जिम्बावेको जितमा कप्तान सन विलियम्सले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तिनोटन्डा मुतोम्बोडजी २,तेन्दाइ चतरा,ड्यानियल जकेल,विलियम मैशिंग रयान बर्लको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरे । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गर्दै दबाबमा राखे ।

चौथो विकेटका कप्तान सन विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गरे । यी दुई बीचको साझेदारी सोमपालले १३ ओभरको अन्तिम बलमा तिनोटेन्डालाई २० रनमा एलबी डब्लू आउट गर्दै तोडेका थिए । उत्कृष्ट प्रर्दशन गरि रहेका विलियम्सलाई कप्तान पारस खड्काले १४ औं ओभरको अन्तिम बलमा ५३ रनमा बोल्ड आउट गरे ।

उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तल्लोक्रममा रयान बर्ल २८ रनमा अविजित रहे । सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १५ रन खर्चेर २,कप्तान पारस खड्का र अभिनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले त्रिकोणात्मक सिरिजमा अन्तिम खेल भोली सिंगापुरसाग खेल्ने छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी