BSC FM live


अष्ट्रेलियासँग खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा


फिदिम टुडे । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक योहान कालिनले कुवेत र चाईनिज ताइपेसँगको खेलमा रहेकै खेलाडी टिममा राखेका छन् ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ ।

यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी