BSC FM live


फ्राइडे रिलिज : आजदेखि ‘रातो टिका निधारमा’


१० असोज,- फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।

उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए ।

चलचित्र ‘रातो टिका निधारमा’मा  अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री नीता ढुंगाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत भएको बताइएको छ ।

ujyaaloonline.

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी