BSC FM live


सम्पादकीय:कृषकलाई सहयोग गरौ



नेपाल कृषि मुख्य आम्दानीको स्रोत भएको देश हो । त्यसमा पनि पुर्वी पहाडमा अलैँची मुख्य हो । यहाँका प्राय सबै गाउँपालिकामा अलैँची खेती हुने गरेको छ । पछिल्लो समय देखिएको बजार समस्या, बगान मासिने समस्या बाहेक अलैँची यो क्षेत्रका कृषकका लागि आम्दानीको सबैभन्दा राम्रो स्रोत हो ।
अलैँचीको अन्तराष्ट्रिय प्रतिस्पर्धालाई टिकाउन पनि गुणस्तरिय अलैँची उत्पादन गर्नु पर्छ भन्ने त्यस क्षेत्रका जानकारहरुको भनाई छ । यहाँका कृषकको मुख्य समस्या अलैँचीमा धुवाँ लगाएर सुकाउनु हो । धुवाँ लागेको अलैँची बजार प्रतिस्पर्धामा पछि पर्छ । धुवाँको बिकल्प खोजिरहेका कृषकलाई पछिल्लो समय प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना अन्तरगतको अलैँची जोन कार्यान्वयन इकाइ कार्यालयले बितरण गरेको भट्टी बरदान साबित भएको छ ।
हामी त बोरामा अलैँची बोकेर जान समेत लाज भइसकेको थ्यो । कृषक घनश्याम सुबेदीले भने–भट्टी आएपछि त्यो समस्या हटेको छ । अहिले स्थानीय तहमा भट्टीको माग उच्च छ । चार बर्ष अघि देखी हरेक बर्ष १० वटाका दरले थप गर्दै लगेको कार्यालयले यो चार बर्षको अवधिमा एक सय भट्टी बितरण गरेको छ । तर त्यसले सबै कृषकको सानो हिस्सा समेत लावान्बीत हुने अवस्था छैन । फालेलुङ गाउँपालिकामा मात्रै अहिले करिव ६ सय भट्टीको माग छ ।
अहिले त्यहाँ करिव एक सयले काम चलाउनु परेको छ । फालेलुङ गाउँपालिकामा मात्रै अलैँचीको क्षेत्रमा समेत काम गर्दै आएका करिव ९६ वटा समुह सहकारी छन । ती प्रत्येक समुह सहकारीलाई कमतीमा ६ वटा सम्म सम्म आवस्यक रहेको आङतारु अलैँची जोन सञ्चालन समितिका अध्यक्ष सुजन आङबोले जानकारी दिए ।
कृषकका मागका बिषयमा सरकारले चासो राख्नु पर्छ । र सहयोगको क्रम बढाउनु पर्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी