BSC FM live


सम्पादकीय: पढ्न पाउने अधिकार



उत्तरी पाँचथरको बर्मे गाउँका बासिन्दाले आफना नानीहरुलाई कक्षा ५ भन्दा माथि घरबाट बिद्यालय जान सक्ने अवस्था छैन । उनीहरु घर घर छोडेर डेरा बस्न बाध्य हुन्छन । किनकी त्यो गाउँमा कक्षा ५ भन्दा माथि बिद्यालय छैनन ।
नियमित बस्ति भन्दा निकै टाडा रहेको यो गाउँमा जम्मा १७ घरको बसोबास छ । च्याङथापुबाट झण्डै एक दिनको पैदल यात्रा पछि पुग्न सकिने बर्मेगाउँ पाँचथर जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा अन्तिम बस्ति हो ।
च्याङथापुबाट बेतेनी सम्म यातायात सञ्चालन हुने भएपछि अहिले गाडी छोडेर एक दिनको पैदल यात्रा छोट्टीएर अहिले करिव ४ घण्टामा झरेको छ । बस्ती थोरै । उच्च पहाडी क्षेत्र भएका कारण पनि बिकासको कुनै गुन्जायस त्यस क्षेत्रमा देखिन्न । गाउँका बालबालिकाको अध्ययनका लागि तिम्बुपोखरी आधारभुत बिद्यालय छ । तर बिद्यार्थी छैनन ।
आधारभुत तह भन्दा माथि अध्ययन गर्नु पर्ने भए बिद्यार्थीले गाउँनै छोड्नु पर्ने बाध्यता छ । गाउँमा बिद्यालय नभएपछि करिव एक दिनको यात्रा तय गरेर च्याङथापु फलैँचा वा सोभन्दा लामो सयम हिनेर सदरमुकाम क्षेत्रमा डेरागरी बसेर बिद्यालय जानु पर्ने बर्मे गाउँका बालबालिकाको बाध्यता हो ।
स्थानीय पदम भटराइका ४ बर्षिय छोरा रोशन भटराई अहिले च्याङथापु स्थित बिष्णुमाबिमा अध्ययनरत छन । छोरी एजिला र एलिसा पनि घर बाहिरनै छन । त्यस्तै सोही ठाउँकी धनकुमारी राइले पनि छोराछोरीलाई बुद्ध माबिमा अध्यापन गराउन डेरा राखेकी छन । उनका कक्षा ६ मा पढ्ने गौरव राइ र कक्षा ९ मा पढ्ने भुमिका राइले अध्ययनकै लागि घर छोडेको लामो सयम भयो ।
पढ्न पाउने आधारभुत अधिकारको बिषय हो । त्यो राज्यको दायीत्व भित्र पर्छ । सोही अनुसार सचेत बनौ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी