BSC FM live


सम्पादकीय: मौलिक कदमलाई सहयोग



स्थानीय स्रोत साधनको अधिकतम प्रयोग सरकारको योजना भित्रको बिषय हो । स्थानीय सरकारले पनि त्यसलाई पालना गर्नु पर्छ ।
ठाउँ अनुसार अतिथिलाई स्वागत सत्कार गर्ने चलन फरक फरक छ । ठाउँ बिशेषमा माला, खदा वा सस्तै केही प्रयोग गरेर अतिथिलाई स्वागत गरिन्छ ।
औपचारीक कार्यक्रममा प्राय त्यस प्रकारका आयोजनाहरु हुने गरेका छन । औपचारीक कार्यक्रमहरुको खर्च बिवरणमा स्वागत सत्कारको महल प्रमुखताका साथ नै हुन्छन । यो पुरानो शैली हो । कार्यक्रममा आगन्तुक अतिथिलाई स्वागत गर्न माला, खदा, ब्याच सहित उपस्थित हुने आयोजकको पुरानै तरिका हो । तर पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्रमा केही दिन अघि आयोजित कार्यक्रम भने फरक देखियो ।
त्यहा आयोजित कार्यक्रममा अतिथिलार्य स्स्वागत गर्ने तरिका नयाँ थियो । त्यहाँ अतिथिका लागि प्रयोग गरिएको ब्याच कृतिम थिएन । स्थानीय क्षेत्रमा उपलब्ध पिपलको पातबाट बनाइएको ब्याज अतिथिलाई दिइयो । यसले खर्च कम गर्ने संगै समयको बचत र स्थानीय स्रोत साधनको प्रयोगमा प्रोत्साहन गर्ने आयोजकको दाबी रयो ।
यो थापा पाएपछि सामान्य बिषय लागे पनि त्यसै गर्नु पर्छ भन्ने निणय गराउने बिषय महत्वको बिषय हो । जस्ले जुन उदेश्यका साथ निर्णय गराए र कार्यान्वयन गरे त्यो प्रसंसा योग्य छ । त्यसलाई प्रसंसा नगरिरहन कोही पनि सहभागी सकेनन ।
हामी खर्च जती गर्न सक्यौ त्यती सफल भन्ने कार्यक्रमको मानसकिता बनाउने जमाथ देखीरहेका बेला त्यो तवरको बितबेयीतालाई मान्नै पर्छ । मौलिक कदमलाई सबैले साथ दिनु परो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी