BSC FM live


सम्पादकीय : प्रोत्साहन गरौ


पाँचथरको फालेलुङ क्षेत्रमा कृषिमा आधुनिककरण गर्ने भन्दै अलैचीमा सरकारी लगानी बढाइँदै आएको छ । बिरुवा रोप्नु भन्दा अगाडी माटो तयार गर्ने देखी लिएर बजार सम्म पुर्याउने अवस्थाहरुका लागि काम भइरहेको छ । त्यसैलाई अनुसरण गर्दै केही कृषकले अहिले अलैँचीका बिरुवा बिक्रिलाई ब्यवसायीक बनाएका छन ।
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर १ का अग्नी मिश्र बिगत २ बर्ष देखी अलैँचीका बिरुवा बेच्दै आएका छन । एक बर्ष बगान मात्रै तयार गरेका उनले अघिल्लो आर्थिक बर्ष देखी बिरुवा बेच्न थालेका हुन । एउटा बिरुवालाई ५ रुपैँयाका दरले उनले १० हजार बिरुवा बेचे । उनले अघिल्लो अर्थिक बर्षमा मात्रै १ लाख रुपैँया कमाए । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना अन्तरगत सञ्चालित अलैँची जोन कार्यान्वयन इकाइ पाँचरको सहयोगमा मिश्रले बिरुवा रोपण गरेका हुन ।
उता फालेलुङ २ का हेमबहादुर खत्रीले एक्लैले मात्रै ६० हजार बिरुवा बेचे । करिव ३ लाख आम्दानी गरेका उनले चालु आर्थिक बर्षमा पनि सोही अनुसार बिरुवा बेच्ने तयारी गरेका छन । उनले पनि अलैँची जोन कार्यान्वयन इकाइको सहयोगमा बिरवा रोपेका हुन । उनले रामसाइ जातका बिरुवा मात्रै रोपेका थिए ।
यता फालेलुङ ८ का जसराज केरुङले ४५ हजार बिरुवा बेचे । उनले करिव २ लाख २५ हजार रुपैयाँ बराबरको आम्दानी लिएको यङतारु अलैँची जोन कार्यान्वयन इकाइ फलेलुङका सचिव घनश्याम सुवेदीले जानकारी दिए । हामीले जोन मार्फत अलैँची कृषकलाई सहयोग गरेका थियौं । उनले भने–सोही सहयोगका आधारमा कृषकले आम्दानी लिएका हुन ।
उता फलेलुङ ७ का दिलकुमार तामाङले पनि यो बर्ष ४० हजार बिरुवा बेचे । उनले पनि जोन कार्यान्वयन इकाइको सहयोगमा काम गरेका थिए । यो बर्ष मात्रै जोन इकाइको अगुवायमा २ लाख बिरुवा बिक्रि गरिएको छ । प्राबिधि सहयोग जोन कार्याक्रमले गर्ने भएपनि त्यसबाट हुने आम्दानी कृषकका लागि हो ।
उनीहरु जिल्लाका उदाहरण मात्रै हुन । सबै क्षेत्रमा जोन कार्यान्वयन इकाइले गरेको जस्तै प्रोत्साहनको काम गर्ने हो भने हामी सबैको फाइदाका लागि हुने थियो । त्यस तर्फ कृषिमा काम गर्नेहरु लाग्नु पर्ने अहिलेको आवस्यकता हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी