BSC FM live


याङवरकमा नयाँ अभियान


टुडे संवाददाता/ पाँचथर, २९ भदौ

उत्तरी पाँचथरको याङवरक गाउँपालिकालाई कुस्टरोग बिहीन गाउँपालिका बनाउन अभियान सुरु भएको छ । देशमै पहिलो पटक गाउँपालिकाले त्यस्तो अभियान सुरु गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रबिनहाङ योङहाङले जानकारी दिए ।
अभियान अन्तरगत पहिलो चरणामा गाउँपालिकाका सबै वडामा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन । समाबेसी बिकास प्रबर्धन तथा कुस्टरोग बिहीन गाउँपालिका अभियानकै रुपमा सञ्चालन भइरहेको अभियानका फोकल पर्सन गणेश खतिवडाले जानकारी दिए ।
एन एल आर नामक गैर सरकारी संस्थाको सहयोगमा गाउँपालिकाले अभियान सुरु गरेको हो । यो बर्ष मात्रै गाउँपालिकाले उक्त अभियानका लागि १ लाख ५० हजार रुपैँया खर्च गर्दैछ । त्यस बाहेक साझेदार संस्थाका तर्फबाट समेत सहयोग हुने भएकाले अभियानका लागि करिव ५ लाख रुपैँया खर्च अनुमान गरिएको खतिवडाले जानकरी दिए ।
अभियानको पहिलो चरणमा अहिले सबै वडाहरुका जनप्रतिनिधि सहित सरोकारवालाहरुलाई अभियान बारे जानकारी दिने काम भइरहेको छ । यस अघि पालिका तहमा पनि सोही अनुसारको कार्यक्रम भएको थियो । यो आर्थिक बर्ष भरमा कार्यक्रम पुरा गर्ने गाउँपालिकाको लक्ष्य छ ।
कुस्टरोग मुक्त क्षेत्र घोषणा गर्ने मापदण्ड पुरा गर्न आफुहरुले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत प्रबिनहाङ योङहाङले बताए । पहिला मापदण्ड पुरा गर्ने त्यस पछि घोषणा गर्ने तयारी अनुसार काम भइरहेको छ । उनले भने–यो देशमा नमुना हो । याङवरक गाउँपालिका यस अघि नै पुर्ण साक्षर गाउँपालिका हो । खुल्ला दिशामुक्त क्षेत्र सहितका घोषणा यस अघि नै भइसकेका छन ।
गएको दश बर्ष देखी गाउँपालिकामा कुष्टरोगका संक्रमित भेटिएका छैनन । अभियानका क्रममा कोही फेला परे उनीहरुलाई औषधी खुवाउने गाउँपालिकाको तयारी छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी