BSC FM live


हराउँदै चौरी गोठ


टुडे संवाददाता /पाँचथर, २९ भदौ
उच्च पहाडी क्षेत्रको मुख्य आम्दानी चौरी र भेडी गोठहरु हुन । पाँचथरमा मात्रै सय भन्दा बढीले सोही क्षेत्रबाट रोजगारी पाएका छन । दैनिक चौरीगोठ हराउँदै जाँदा समेत त्यतीको संख्यामा रोजगारी पाएका हुन ।
उत्तरी पाँचथर च्याङथापु देखी तिम्बु पोखरी क्षेत्र सम्ममा अहिले ७ वटा मात्रै गोठ छन । त्यो क्षेत्रमा १० बर्ष अघि सम्म करिव ३० गोठ थिए । अहिले भएका पनि हराउने अवस्थामा पुगेको याङवरक २ बर्मेका चौरीपालक पदम भट्टराइले बताए । हाम्रो बाहेक अरु ६ वटा छन । पहिला थुप्रो थे । सबै उठीसके ।
अहिले भटराइलको गोठ तिम्बु पोखरी जाने बाटोमा पर्ने फलेके भन्ने स्थानमा पर्छ । गोठबाट राम्रो आम्दानी हुने भएपनि नयाँ पुस्ताले गोठ बस्न मन नगर्ने कारण हराउँदै गएको चौरी गोठ सञ्चालक श्रीमान भटराइले बताए । पैसो त बिदेश जाँदा भन्दा यता हुन्छ नी तर के गर्नु अहिलेका युवा साथीहरु यतातिर ध्यान दिँदैनन । उनले भने–युवा पुस्ताले ध्यान दिने हो भने गोठ पुनरस्थापित हुनेछन ।
चार बर्ष देखी गोठमा रहेका भटराइले भने–बाबुबाजेले जग्गा किनेछन । आफनो खर्क (जग्गा) भएपछि गोठ राख्न कर लागेको हो । अहिले सामान्य आम्दानी पनि हुने गरेको छ । बाबुबाजेले गरेको काम नछाडौ भन्ने पनि हो । हामी भन्दा पछिकाले गर्छन भन्ने बिश्वास छैन ।
अहिले गोठमा पुगेर किन्दा चौरीको छुर्पिको दाम ९ सय रुपैंया प्रतिकिलो र ध्युको मुल्य ५ सय रुपैँया प्रति किलो पर्छ । यो यहाको बजार भन्दा बरिव आधाले सस्तो हो । सस्तो मुल्यमा गुणस्तरिय दुधजन्य परिकार पाइने भएकाले ब्यवसायीहरुको गोठ सम्मनै जाने भएकोले बजारको समस्या छैन ।
त्यहाँको चुर्पि, ध्यु इलामका ब्यापारीले लैजान्छन त्यसपछि त्यो धरान पुग्छ । मुख्य बजार यीनै हुन । आम्दानी हुने भएपनि युवा पुस्ताको आकर्षण एकदमै कम छ । मेहनत बढी गनुए पर्ने, आधुनिक सुबिधा नहुने लगायतका कारणले युवा पुस्ताले गोठ अपनाउन छाडेको सञ्चालकहरुको भनाई छ । एउटै गोठका लागि कम्तीमा एक जना सञ्चालक र अरु दुई जना दक्ष जनशक्ति आवस्यक हुन्छ । ती सबैको ब्यवस्थापन गरेर गोठ सञ्चालन गर्नेको संख्या भने कमै रहेको छ ।
पछिल्लो समय चरन क्षेत्रको अभावका कारण पनि गोठहरु हराउन थालेका हुन । लामो समय सम्म चौरी जंगलमा छोडिने कारण लगातार घाँस पलाउन सक्दैन । उच्च पहाडी क्षेत्रमा डाले घाँस कम हुन्छ । लगातार छोडिएपछि भुइ घाँस कम हुने कारण गोठ हराउँदै गएका हुन । गोठ संरक्षण गरेर आम्दानीको नयाँ स्रोत पत्ता लगान स्थानीय सरकारले काम थाल्नु पर्ने सञ्चालकहरुको भनाइ रहेको छ । पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा पर्ने उच्च पहाडमा ताप्लेजुङ तर्फ भने पाँचथर भन्दा केही बडी गोठहरु छन । पाँचथर तर्फ ७ वटा गोठ छन भने ताप्लेजुङ तर्फ करिव ३० गोठ छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी