BSC FM live


एक महिनामै उप्कियो कालोपत्रे


टुडे संवाददाता /ताप्लेजुङ ,२९ भदौ
फुङलिङ बजारको तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे एक महिना नपुग्दै भत्किएको छ । ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे उप्किएको हो ।
ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै भुक्तानी लगिसकेका छन् । भत्किएको देखि देखि सघन शहरी तथा भवन निर्माण आयोजना झापाले अनुगमन गरेर पास गरेको स्थानीयको गुनासो छ । मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो । ‘असारे झरीमा रातदिन नभनि कालोपत्रे गरे,’ सडक छेउमा घर भएका मदन गौतमले भने,‘उतिबेलै भत्कन थालेको ।’ २ वटा सोला बत्ति समेत बल्न छाडेको उनले बताए ।
निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको सडक रहेको वडा फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए । ‘पिच धेरै कमसल छ,’ चेम्जोङले भने,‘२० सेन्टिमिटर गिटीको वेश नै छैन, त्यसैले भत्किएको हो ।’ निर्माण व्यावसायीले स्थानीय तहसँग समन्वय नै नगरि काम गरेको चेम्जोङले बताए । बारम्बार भेटेर कुरा गर्न खोज्दा सम्पर्कमै नआएको चेम्जोङले गुनासो गरे ।
ठाउँ–ठाउँमा पहिरो खसेर नाली र सडक नै पुरेको छ । ‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहामाथी गाडी कुदेपछि भत्कन थाल्छ,’ स्थानीय विवेक राई भन्छन्,‘यस्तो पनि पिच हुन्छ, कमसेकम भलको पानी नालीबाट कट्नुपर्ने होइन र ?’
१५ महिनामा सक्नेगरि २०७४ असारमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलाम ठेक्का लगाएको थियो । कार्यालयहरुको पुर्नसंरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो । सम्झौमा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केहि स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ति जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।
ठेकेदारले काम गुणस्तरहिन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंहले बताए । ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ,’ सिंहले टेलिफोनमा भने,‘भदौ १३ गते निर्माण व्यावसायीलाई यथार्थ जानकारी दिन पत्र कटिसकेका छौं ।’ साइट हेर्ने इञ्जिनियर सरुवा भएको र नयाँ भर्खर आएकाले अनुगमन गर्न बाँकी नै रहेको उनले बताए । सिंहका अनुसार निर्माण कम्पनिले कुल रकमको ५ प्रतिशत भुक्तानी लिन बाँकी छ । अनुगमनको क्रममा त्रुटी भेटिए तुरुन्त मर्मत गर्न लगाउने उनले बताए । स्थानीय भने पुनः कालोपत्रे गर्न लगाउनुपर्ने बताउँछन् । ‘सडकको पुरै भाग कामै नलाग्ने छ,’ स्थानीय गौतमले भने,‘मर्मत मात्रै गर्दा हुँदैन, पुनः सुरुबाटै गर्न लगाउनुपर्छ ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी