BSC FM live


गुपचुपमै स्थानीय तहका गल्ती



टुडे संवाददाता /ताप्लेजुङ ,२९ भदौ
महालेखाको ५६ औं प्रतिवेदन अनुसार ताप्लेजुङका स्थानीय तहले सार्वजनिक खरिद ऐनलाई लत्याउँदै ३ करोड १० लाख ६७ हजार रुपैयाँ बराबरका जिन्सी सामग्री सोझै खरिद गरे । सार्वजनिक खरिद ऐन २०६३ लाई चुनौती दिँदै मोटरसाइकल, ल्यापटप, मोबाइल, फर्निचर, सर्वे उपकरण लगायतका सामान अपारदर्शी ढंगले खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहको मनमौजी र अपाददर्शी व्यवहारकै कारण १७ करोड रुपैयाँ बढी देखियो ।
जनप्रतिनिधिको ध्यान जनताको सेवामा हुनुपर्ने हो । तर, ताप्लेजुङका जनप्रतिनिधिको उद्देश्य ठिक उल्टो छ । उनिहरु सुविधाभोगी बनेको र सोही कारण स्थानीय सरकारको अवस्था अस्तव्यस्त रहेको प्रतिवेदनले जनाएको छ । स्थानीय तहका पदाधिकारीले विभिन्न शिर्षकमा लिएको दोहोरो र तोकिएभन्दा बढी बुझेको भत्ताबापतको करोड बढी रुपैयाँ फिर्ता गर्न महालेखाले भनेको छ ।
फुङलिङ नगरपालिकाले मयेरको घर मर्मतमा खर्च गरेको देखि लिएर सिदिङ्वा गाउँपालिकाका जनप्रतिनिधिले एक दिनको पैदलमा पाँच दिनको भत्ता बुझेकोसम्म कमजोरी प्रतिवेदनले औल्यायो । महालेखाले कमजोरी औल्याएका यी प्रतिनिधिमूलक विवरणमात्र हुन् ।
असुल गर्नुपर्ने गरी औंल्याएका दर्जनौ कमी कमजोरी सुधार भए भएनन्, कुनै लेखाजोखा छैन । त्यस्ता कमी कमजोरी न सार्वजिक गरिन्छ, न नागकिरले कुनै जानकारी पाउँछन् । प्रतिवेदन जहिल्यै गुपचुपमै हुने गरेको छ । उक्त प्रतिवेदनको सार छ,‘स्थानीय सरकारमा मितव्ययी र प्रभावकारी ढंगबाट हुनुपर्ने सेवा प्रवाह अपारदर्शी, अनियमित र अनियन्त्रित छ ।’
अहिले महालेखाले आर्थीक वर्ष २०७५÷७६ को लेखापरिक्षण गरिरहेको छ । विगतका गल्ति दोहोरिए वा सुधार भए भन्ने चासो यत्रतत्र छ । यो विषयमा नागरिकले थाहा पाउनु पर्नेमा सरोकारवालाको जोड छ । जनप्रतिनिधिले कमजोरी सच्याउन कञ्जुस्याईं गर्न नहुने लामो समय स्थानीय विकास मन्त्रालयमा काम गरेका पूर्व मुख्यसचिव सोमलाल सुवेदी बताउँछन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी