BSC FM live


सम्पादकीय : अभियान प्रभावकारी बनाउ



उत्तरी पाँचथरको याङवरक गाउँपालिकालाई कुस्टरोग बिहीन गाउँपालिका बनाउन अभियान सुरु भएको छ । देशमै पहिलो पटक गाउँपालिकाले त्यस्तो अभियान सुरु गरेको गाउँपालिकाको दाबी छ ।
अभियान आवस्यकता आधारमा थियो कि लहड त्यो प्रमुख बिषय हो । गाउँपालिका भनेको स्थानीयको पहिलो सरकार पनि हो । आफ्नो सरकारले चालेका कदममा नागरिकले साथ दिनेछन । तर अभियानको सान्दर्भिकताको बिषयमा एक पटक सोच्ने बेला आएको छ ।
अभियान अन्तरगत पहिलो चरणामा गाउँपालिकाका सबै वडामा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन । समाबेसी बिकास प्रबर्धन तथा कुस्टरोग बिहीन गाउँपालिका अभियानकै रुपमा सञ्चालन भइरहेको छ ।
एन एल आर नामक गैर सरकारी संस्थाको सहयोगमा गाउँपालिकाले अभियान सुरु गरेको हो । यो बर्ष मात्रै गाउँपालिकाले उक्त अभियानका लागि १ लाख ५० हजार रुपैँया खर्च गर्दैछ । त्यस बाहेक साझेदार संस्थाका तर्फबाट समेत सहयोग हुने भएकाले अभियानका लागि करिव ५ लाख रुपैँया खर्च अनुमान गरिएको छ ।
कुस्टरोग मुक्त क्षेत्र घोषणा गर्ने मापदण्ड पुरा गर्न आफुहरुले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत प्रबिनहाङ योङहाङले बताए । पहिला मापदण्ड पुरा गर्ने त्यस पछि घोषणा गर्ने तयारी अनुसार काम भइरहेको छ । अभियान चल्नु मात्रै ठुलो बिषय हैन । अभियानको सान्दर्भिकता कति रहने भन्ने बिषय महत्वको हो । त्यसै गर्न गाउँपालिकालाई सुझाव छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी