BSC FM live


रोग निको पारिदिने भन्दै झाँक्रीले बिरामीको पेट ब्लेडले चिरे


फिदिम  टुडे ।आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले एकजना बिरामीको पेट ब्लेडले चिरेका छन् । पेटको जन्डिस चुसेरै निकाली दिन्छु भन्दै उनले जन्डिसले थलिएका ३९ वर्षीय राजु मगरको पेट चिरेका हुन् ।

बिरामीलाई आफै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए ।

जन्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङका ती लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका हुन् । पेटमा प्वाल परेपछि बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुको उपचार जिल्ला अस्पताल धादिङमा भइरहेको छ ।

अस्पतालमा उपचार गराएर औषधी खाएपनि निको नभएपछि उनी झाँक्रीकोमा पुगेका थिए । सुरुमा झाँक्रीले सुई लगाएको जस्तो गरी घोचेको र पछि ब्लेटले पेट चिरेर घाउमा मुखले टोकिदिएका थिए ।

लामा विरुद्ध परिवारले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । लामा फरार छन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी