BSC FM live


धरानको उपनिर्वाचनमा नेकपा एकातिर, कांग्रेस र साना दल अर्कोतिर


फिदिम टुडे । सुनसरीको धरानमा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी दलहरुले थालेका हुन् ।

नेकपा र कांग्रेसले अहिलेसम्म उम्मेदवार भने निर्णय गरिसकेका छैनन् । उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ लगिरहेका छन् । तर नेकपाविरुद्ध धरानमा नेपाली काँग्रेस र अन्य साना दल एक हुने लगभग निश्चित बनेको छ ।

धरान उपमहानगरको मेयरमा तत्कालीन एमालेका तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईलाई पराजित गरेका थिए । ०७५ साउन १ गते मेयर सुब्बा को निधन भएपछि धरान नेतृत्वविहीन छ ।

मेयरका लागि नेकपाबाट केन्द्रीय सदस्य किरणकुमार राई, प्रदेश सदस्यहरू विजय राई, मनोजकुमार मेन्याङ्बो, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रकाश राई र पदम लिम्बू आकांक्षी छन् । कांग्रेसबाट धरान नगर सभापति तिलक राई र जिल्ला सचिव सुजेन्द्र तामाङले आकांक्षा देखाएका छन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी