BSC FM live


विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ


फिदिम टुडे ।विप्लव माओवादी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहितका विद्यार्थीहरू पक्राउ परेका छन् । चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गरिरहेका उनीहरूलाई बुधबार बिहान चितवन प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार मेडिकल कलेजमा आन्दोलन गरेर सेवा प्रभावित गर्न खोज्ने विद्यार्थी र सर्वसाधरण गरी १० पुरुष र ५ महिलाई पक्राउ गरिएको हो ।

कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए ।

प्रकाश प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् । प्रकाशले सोही मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका छन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी