BSC FM live


सम्पादकीय ःअवसरको खुसि


विविधता युक्त सामाग्रि सहितको एक बर्ष र पछिका यि दिनहरुमा सकारात्मक सन्देशहरु प्राप्त भईरहनुले सम्पादकिय नेतृत्व तथा टिम खुसि नहुने कुरा भएन । यसको श्रेय तमाम पाठक, बौद्धिक वर्ग, शुभचिन्तकलाई जान्छ ।
अफ्ठ्यारा, असजिला परिस्थीति, भोगाई थिए ति हामिसँगै राखेर खुसिका साट्न चाहान्छौँ । पूर्वी पहाडमा स्थानीय सामाग्री सहितको खोजमुलक प्रस्तुती राख्नु त्यति सजिलो त थिएन । तर असजिलो पहाड हिड्कैलागि हामी प्रतिवद्ध भयौँ । सहरको छतको गमलामा रोपिएको फूल त केहि दिन पानी र मल मालीले लगाएन भने मर्दै जान्छ । तर अक्करमा फूलेको सुनाखरी आफै फर्किन्छ । हो हामिले यहि अक्करको बाटो रोजेर यहाँसम्म आहिपुग्यौँ । यो यात्रामा हाम्रा समाग्रिप्रति सुझाव, सल्लाह, उत्प्रेरणा र आलोचनात्मक टिप्पणी गर्नेहरु प्रति धन्यवाद ज्ञापन गर्दर्छौ ।
यहाँको राजनीतिक नेतृत्वले सधै हामीप्रति गरेको सकारात्म व्यवहारले पनि हामिलाई खुलेर काम गर्ने वातवारण बन्यौ । पहाडी जिल्लामा सम्पादकिय स्वतन्त्रता, सूचनाको हकको अभ्यासका साथै विषयबस्तुको विविधिकरण गर्ने जोखिम उठाएका थियौँ । यो जोखिमपूर्णयात्राले हामिलाई खुसिको मियो प्रदान गर्यो ।
समचार समाग्री, लेख तथा अन्य विभिन्न स्तम्भका अभिव्यक्तिका विषयलाई लिएर विभिन्न प्रश्न नउठेका हैनन् । आलोचनात्मक टिप्पणीलाई खुसिका साथ ग्रहण गरेका छौँ । जिम्मेवारयुक्त पत्रकारितको सावालमा हामि कञ्चीत विललित भएनौँ । रिष, दोषपूर्ण अमक्षेपहरु सहेरै भएपनि तथ्यमा आधारित रहेर सम्पदाकिय टिमले यहाँसम्मको यात्रा रोजेको हो । नियतपूर्ण आक्षेप, भ्रमात्मक प्रचार लामो समयसम्म टिक्दैन । भन्छन्नी बुख्याचा (तस्राउने) को आयु वाली नउठाईन्जेलमात्र हो ।
स्वनियम्बको अभ्यास गरेका छौँ । आज पत्रकारितामाथि विभिन्न कोणबाट प्रहार भएका छन् । स्थानीय सरकार कार्यान्वनसँगै सिंहदरबारका विकृति जिल्लामा आहिपुगेका छैन । आफूलाई केन्द्रमा राख्ने व्याक्तिवादि चरित्र, कमजोर नगारिक समाज, समाजिक सञ्जालमा केन्द्रीय बौद्धिक वहसले पत्रकारिताको तथ्यमा ठेस पुगेको छ । पत्रकारितामात्र गर्नेभन्दापनि पत्रकारिताको नामममा एनजिओ वा अन्य माध्यमबाट स्थानीय सरकारसँग मिलेर गरीरहेका क्रियकलाप पनि खतरा पूर्ण छ ।
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा उल्लेख भएपनि यो वा त्यो वाहानामा प्रेस माथि सरकारी तथा अन्य क्षेत्रको प्रहार कायम छ । जनताको अभिमत बोल्ने तथा आलोचनात्मक टिप्पणीलाई कमजोर पारिनु लोकतन्त्रलाई खतरामा पार्नु हो । यो खतराबाट जिल्लाको पत्रकारितापनि मुक्त छैन । स्वतन्त्र रुपमा पत्रकारले खुलेर काम गर्न नसकिरहेको अवस्थामा पनि आगामिदिनमा थप सामाग्रि सहित प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
प्रविधिले ल्याएका अवसर र चुनौतीलाई ख्याल गर्दै अघि बढाइएको अनलाईन सस्करणको लोकप्रियता बढ्दै गएको खुसि साट्न चाहान्छौँ । आगामि दिनमा युवटुवको माध्यमबाट पनि सामाग्रि पस्कीने छौँ । ग्रामिण क्षेत्रका नुतन विषयबस्तु हाम्रो प्रमुख विषय बन्नेनै छन् । समाजको समग्रपक्षलाई हाम्रो प्रकाशनमा झल्काउने प्रतिवद्धता सहित सकारात्मक सल्लाह र आलोचनात्मक टिप्पणीको अपेक्षा राख्दछु ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी