BSC FM live


प्रकाशकीय ः दोश्रो बर्षको सन्दर्भमा


 

एक बर्ष अघि भदौ १० गतेको दिन फिदिम टुडे दैनिक पत्रिकाले आफ्नो यात्रा प्रारम्भ गरेको थियो । थोरै पत्रकार, सिमित श्रोत साधन अनि सत्य र निडरता र इमान्दारीता आँडमा सुरु भएको फिदिम टुडे दैनिक पाठकहरुको माझ थोरै समयमै लोकप्रिय बन्न पुग्यो । त्यो कागज हाम्रो थियो तर प्रतिबिम्ब पाँचथर र यँहाको भुगोलको थियो । मसि हाम्रो थियो तर वास्तविक, निर्भिक अनि सटिक प्रतिक्रिया, विचार एवं अभिव्यक्ति समाजको थियो । त्यो छापा मात्र थिएन कडा परिश्रम र सूचनाको अधिकारमा पाँचथरवासीको पहुँचको सपना थियो । सत्यको साथ र जनताको विश्वासले हामी अघि बढ्यौँ ।
हमिले कठिनाई र चुनौती युक्त यात्रा गरेका छौँ । तर जिम्मेवारपूर्ण पत्रकारिताको जिम्मेवारीबाट टाढा रहेनौ । हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकको सर्हकार्यबिना यो यात्राले पक्कै पनि निरन्तरता पाउने थिएन । पत्रिकाले वर्ष दिनको समारोह अवसरमा जिल्ला भित्र र बाहिर रहनुभएका सम्पुर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक र जिल्लावासीलाई धन्यवाद दिन चाहान्छौँ ।
संसारमा जति जति भूमण्डलीकरण झाङ्दिँदो छ, त्यति–त्यति आमसञ्चारका माध्यमको महत्व झनै बढेर गइरहेको छ । आमसञ्चारका माध्यम जिम्मेवार र न्यायपक्षधर भएमा यसबाट धेरै सकारात्मक परिणाम प्राप्त हुनसक्छ । यो निष्कर्षलाई तथ्यहरुले नै प्रमाणित गर्दै आइरहेका छन् । त्यसैले हामीले अनलाइन पनि सुरु गरेका छौं । अब युटुव टिभिका मार्फत चाडै सार्वजनिक हुने छौँ ।
जिल्लामा रहेका बेथितिलाई उजागर गर्दै राम्रो कामलाई प्रोत्साहन गर्न हाम्रा कलमहरु सधैँ चलिरहेको छ । सुशासन र खबरदारी हाम्रो मुख्य प्राथमिकता बनेको छ । हामीले कहिलेपनि कसैको दबाब र प्रभावमा परेर समाचार संपे्रषण गरेनौँ । पत्रिकाबाट आफूले केहि पाउने भन्दा पनि समाजलाई केहि दिने उद्धेश्यका साथ हामीले फिदिम टुडे संचालन गरेका थियौँ ।
फिदिम टुडेका सामग्रीमा हामी पाँचथरका राजनीति, समाज, अर्थतन्त्र, संस्कृति र यसमा उत्पन्न हुने विकृतिमाथि कलम त चलाउने नै छौं । हामी पाँचथरका सुख, दुःखको साथी बन्न प्रयास गर्छौं । हामी जीवनका सबै रङ्गलाई समेट्न प्रयासरत रहेका छौं । समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्ग, जाति र जनजाती, क्षेत्र, महिला समुदाय आदिका मुद्दा हाम्रा प्राथमिकता हुनेछन् । हाम्रो यो यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि कृतज्ञ छौं । आउँदा दिनमा फिदिम टुडेको प्रगति र सफलताका लागि पाठक, प्रबुद्धवर्ग, स्तम्भकार, पत्रकार, कर्मचारी, बिज्ञापनदाता तथा अन्य सम्बद्ध पक्षको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी