BSC FM live


पर्यटन विकासका लागी


चन्द्र योङया
नेपाल भम्रण वर्ष २०२० लाई लक्ष्य गरी विषेश गरेर पहाडलाई रानी झै सिंगार्न नेपालका संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको आवहानसँगै अव हामी स्थानिय सरकार, पर्यटन व्यावसायी, होटल तथा होमस्टे व्यावसायी, पर्यटन प्रवन्धक तथा सरोकारवला संघ सस्थाहरु संगै सम्पुण देशवासीहरु जरुमुराएर अघि वढ्नु पर्ने भएको छ । नेपालको समृद्धीको पहिलो पाटो अनुपम सुन्दर हिमश्रंखला पर्यावरणीय प्राकृतिक सौन्दर्यता, सास्कृतीक, सामाजिक विविधता, एतिहासिक स्थलहरु तथा साहसिक पर्यटनको बजारलाई दिगो रुपमा स्थापित गर्दैै देशको गाँउ शहरमा रोजगारी सृजना गरिवी निवारण स्वारोजगार कार्यक्रमका संगै सामाजिक विकासको दृष्टीले पर्यटनको क्षेत्रलाई अर्थतन्त्रको एक महत्वपूण आयामको रुपमा लिन सकिन्छ ।
हामीले पर्यटन प्रवन्धनको लागी सम्पूर्ण रोजगार वालाहरु नाता, पार्टी, संगठन, धर्म, जाति र सिमाना भन्दा माथिध् उठेर तयारीमा लाग्नु पर्ने देखिन्छ । नेपाल सरकारले भम्रण वर्ष २०२० मा नेपालको १०० वटा महत्वपूण पर्यटकीय स्थलको पहिचान गरी २० लाख पयर्टकहरु भित्रायाउन योजना बनाई अधि वढको छ । यस्तै अव प्रदेश सरकारहरु, जिल्ला जिल्ला, नगर र गाँउपालिकाहरुले पनि नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरी आफ्नो स्थान भित्र रहेका पर्या–पर्यटन को पहिचान गरेर प्रचार प्रसार गरी देशमा २० लाख, प्रदेशमा ४ लाख, जिल्ला जिल्ला ५० हजार नगर र गाँउपालिकाहरुमा ५ हजार पर्यटक भित्रयाउन अघि बढेमा हामी सफलताको एउटा खुटकिलो चढ्ने सम्भावना रहेको देखिन्छ ।
यस्तौ गरी पाँचथर जिल्लामा पनि निम्न सम्भावीत पर्या पयर्टकीय क्षेत्रहरु रहेका छन् ः
१. नेपालका १६ औ राष्ट्रि विभूती माहगुरु फाल्गुनन्दको कर्म भूमि लब्रकुटी, तपोभुमी सिलौटी, देह त्याग गर्नु भएका याम्वोङ र समाधी स्थल रहेको नाम्फुङयक जो नेपाल सरकारले उत्कृष्ठ १०० वटा छनोट गरेको मध्ये १ पनि हो ।
२. फान्गुनन्द सरर्कीट, सुके पोखरी, छिन्तापु, सन्दक्पुर, तुम्लीङ, चार राते, तीन सिमाना, लाम पोखरी फलोट चिवभञ्ज्याङ तिम्बुङ पोखरी सम्म र घुन्सा हुदै कन्चनजंगा सम्मको पथमार्ग ।
३. गुरासको राजधानि मानिने लोहकिल डाँडा, नाग दुङगा कुहिभीर पर्या पर्यटन १ दिनृ जगंल सफरी पदमार्ग पवन्धन गर्न सकिने स्थल छ ।
४ सिर्लाटी साप्सु मन्दिर, केसामी नाम्सायी, नाम्फुङयक युमा माङहीम कोलपुङ पिचुवा पुधापलुङ नाम्तोक सेहोनाम्लाङ पा लुङ, मा लुङ देउराली, सिद्रदेवस्थल सम्मको भुन्धुमी मार्ग फल्गुनन्द गा.पा ।
५. कुम्मायक कुसायक धार्मीक पर्यटन क्षेत्र,
६.फुङसिङ उतरी पोखरी वेहुली ढुङगा, दशमी मिक्लाजुङ गा.पा ।
७.मिक्लाजुङ सूर्यदाय भ्युटावर तथा पथ मार्ग पोखरी मिक्लाजुङ गा.पा ।
८.गोजुला भोजुला लेकगाँउ पोखरी पर्यटकीय क्षेत्र मिक्लाजुङ गा.पा ।
९. सेन्छेलेङमा पयर्टकीय क्षेत्र मिक्लाजुङ गा.पा ।
१०. बुढिथाम, छिन्तापु पदमार्ग फिदिम नगरपालिका ।
११. चारराते चौरी महोत्सव, तिन सिमाना पर्या पर्यटन फालेलुङ गा.पा ।
१२.लाम पोखरी फालोट पर्या पर्यटन क्षेत्र याङवरक गा.पा ।
१३.चरी भञ्ज्याङ सोलावन चिया पर्या पर्यटन याङवरक गा.पा ।
१४.कालो पानि पोखरी कुम्भकर्ण, कन्चनजाँगा दृष्याअवलोकान क्षेत्र याङवरक गा.पा ।
१५. निशान मौलो थर्पु, सिमसार पर्यटन क्षेत्र याङवरक गा.पा ।
१६. तिम्वू पोखरी पदमार्ग पर्या पर्यटन किपट क्षेत्र, याङवरक गा.पा ।
१७ आगेजुङ गुम्बा धार्मीक पर्यटन क्षेत्र हिलीहाङ गा.पा ।
१८. हिलीहाङ दरवार अमरपुर, एतिहासिक स्थल हिलीहाङ गा.पा ।
१९. जोर पोखरी, धार्मीक स्थल हिलीहाङ गा.पा ।
२०. थाक्ले मन्दिर थाक्ले, धार्मीक स्थल फिदिम नगरपालिका ।
२१. आम्वे पोजक सुम्हा ्रलुङ गडी, फिदिम नगपालिका ।
२२. लालीखर्क बतासे सामुदायिक होमेष्टे«, कृषि पर्यटन क्षेत्र, फिदिम नगरपालिका ।
२३. रमिते भ्यु टावर सिढीमार्ग, फिदिम नगरपालिका ।
२४. पक् लुङ, सुरित लुङ आदिवासि जनजाति संग्राहलय याङनाम फिदिम नगरपालिक ।
२५. तिजोग डाँडा मन्दिर नवमीडाँडा, फाल्गुनन्द गा.पा ।
२६. पानावर झरना, फाल्गुनन्द गा.पा ।
२७. तमोर ¥याफ्टीङ प्याराग्याइडिङ
२८. यावरा झर्ना रवि मिक्लाजुङ
२९. तुम्बेवा मन्दिर धार्मीक पर्यटकीय क्षेत्र तुम्बेवा गा.पा आदि
पाँचथर जिल्ला भित्र रहेका पर्यटकीय स्थालहरु वाट उत्कृठ १० छनोट गरी गाँउपालिका तथा नगरपालिकाहरु बाट १–१ पहिचान गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले त्याएको कार्यक्रम भाषण र योजनामा मात्र नराखी, सिमाङकन नगरी, मुलुकको हितमा व्यवहारीक भए हामीले तन, मन, धन, लगानी गरी, बढेमा देश, गाँउ शहर, समाज संस्कृती विकासको पहुजमा जान पुग्न सकिन्थ्यो ।
यस कार्यको लागी संघ.प्रदेश र स्थानिय सरकार कर्मचारी, प्रहरी, प्रशासन, राजनितिकर्मी, पत्रकार लेखक, व्यावसायी, निर्माण व्यावसायी, पर्यटन व्यावसायी, देशबासी, एन.आर.एन, संघ संस्था, महिला, युवा, कृषक, विद्याथी डकर्मी, सिकर्मी, धार्मीक गुठिहरु वैदेशीक रोजगारी ड्राइभर, गोठाला साचै प्रतिवदताका साथमा अघि बढ्न आवश्यक छ । एकले अर्काेको खुट्टा तानातान नगरी नकारात्मक कुरा काटा काटलाई सकरात्मक काममा रुपन्तरण गरेर लगेमा देशको अबस्था कस्तो होला ? हामीले सोच्ने बेला आएको छ । अव हाम्रो काधमा गर्ने समय आएको छ । यति वेला नगरे कहिले गर्ने हामीलाई पछुतो हुने छ । हाम्रो सन्ततीले सराप्ने छन् । त्यसैले जो जो जहाँ जहाँ छौ प्रतिवद्धताका साथ त्यहि त्यहि बाट जुरुमुराएर पर्यटन विकासमा जुटौँ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी