BSC FM live


लोप भएका केहि लिम्बु संस्कार संस्कृतिहरु



लक्ष्मण लावती
म सानो छंदा धनकुटा यताका पूवैका पहाडहरुमा मोटरबाटो कहि कतै खनिएको थिएन । त्यसैले खानेकुरादेखि लिएर लत्ता कपडाहरु समेत गाँउमै उत्पादन भएका बस्तुहरु खपत गर्नुपर्ने बाध्यता थियो । उसबेला गाँउमा तानले बुनेको खाडीको दौरा, सुरुवाल जो कोहिले लगाएको देखिन्थ्यो । शिरमा ढाका टोपी सानो देखि ठुला सवैले लगाएको देखिन्थ्यो । महिलाहरुमा गुन्यु, चोलो, लुगीं, साडीनै लाउने चलन थियो । दमकमा उसवेला कागती, सुन्तला बोकेर दमकमा बेची नुन, मट्ठितेल साटेर फर्किनेहरुले त्यतातिर त कुर्ता सुरुवाल लगाउने महिलाहरु पनि देखिन्छन भन्दा गाँउका महिलाहरुले विशेष चाँसो दिएर सुन्दथे ।
त्यसबेलाको जनजीवन र अहिलेमा धेरै फरक आइसकेको छ । उसवेला भौगोलिक विकटताले गर्दा परापुर्वकालदेखि चली आएको रितिरिवाज, संस्कृतिलाई खासै फेरबदल हुन दिएको थिएन । सडक र सञ्चारमा विकास हुदैँ गएपछि परापूर्वकालदेखि चली आएका चलन भेषभुसा आदि विस्तापित हुदँैं गए । म सानो छंदा देखेको धेरै रितिरिवाज, संस्कार संस्कृतिहरु अहिले लोप भइसकेका छन् । उसवेला हिंडर थाकेका लिम्बुहरुले बरपिपल चौतारीमा, घाँस दाउरा गरेर थाकेकाहरुले जंगलको कुनै ढुंगामा बसेर बोटविरुवाको पात बजाएर मिठो धुन निकालेको सधै जसो सुनिन्थ्यो । थाकेपछि कुनै रुखको छहारीमा बसेर पात बजाएर धुन निकाल्नु लिम्बु जातीमा परापूर्वकाल देखि चलि आएको चलन हुदो हो, जुन अहिले लोप भएर गयो । नयाँ पुस्ताहरुले त्यो चलन पछ्याउंन सकेनन् र संगितकारहरुले पनि त्यो धुनलाई सम्झे जस्तो लागेन । धान नाचँमा गाइने पालम हाट बजार र बिहे भोजमा सामुहिक रुपमा मात्र भएर जंगलम घाँस पात गर्ने रुखको छहारी चौतारीमा एक्लैले बिरहको लयमा गाएको पनि उतिकै सुनिन्थ्यो । उसवेला गाँउको डाँडाहरुमा हाटबजार लाग्ने चलन थियो । लिम्बु घना बस्तीका डाँडाहरुमा लाग्ने हाट बजारहरुमा उसवेला धान नाच देख्न पाइन्थ्यो । सारमा सार मिलाई गाइने धाननाचँको पालामले उसबेला बजार, विहोभोजमा घन्काईरहेको हुन्थ्यो । मैले हेदाँ हेदै विस्तारै धाननाचको घेराभित्रै पालमको साटो नेपाली चलचित्रका गीतहरु गाउन थालियो र हेर्दा हेर्दै नयाँ पुस्ताले धान नाचको पालमनै बुझ्न छोडे ।
त्यसरीनै उहिले लिम्बु लिम्बुनीहरु धान नाच्नको लागि कुनै निश्चीत समय र स्थान तोकेर छुटिन्थे र उक्त स्थानमा भेट हुनु पूर्व टाढाबाटै “हुई….पकन्दी” भन्दै पकन्दी गाउने चलन थियो । हुई पकन्दी गाउँने एउटा संकेत थियो र अर्कौ खुसी पनि र भारी बोकेका लिम्बुहरु कुनै कठिन पहाड उक्लेर भारी विसाउंने चौतारीमा पुग्दा गाएका हुई पकन्दी खुसि र विजयीको पकन्दी थियो । उसवेला गाँउघर, बाटोघाटो जताततै पकन्दी गाएको सुनिन्थ्यो । विशेष गरि विहे गरेर गएकी छोरी, ज्वाई सहित चाँडबाडका वेला माईती आउंदा तिनको हक्तवा (कोशेली) बोक्ने भरियाहरु घर आईपुग्ने बेलामा डाँडामा जोडने आईपुग्ने लाग्यों भन्ने सुचना दिनको लागि पकन्दी गाउने चलन आईपुग्न लाग्यौं भन्ने सूचना दिनको लागि पकन्दी गाउंने चलन चाडवाडका बेला पकन्दी धेरै जसो सुनिन्थ्यो । यसैगरि मकै गोड्दा लिम्बु समुदायले अति मिठो लयमा एक प्रकारको गित सामुहिक रुपमा गाएको सुनिन्थो, जसलाई ताम्क्या भनिन्थ्यो । उसवेल मकै गोड्दा ताम्क्या गाउने कोशिस गरे पनि त्यति भाका पु¥याएको देखिदैनथ्यो । मेवाखोले, तमोरखोलेहरुलाई ताम्क्या आउछ भन्दथे । अर्थात उ बेलामै पान्थरेहरुले ताम्क्या बिर्सीसकेका थिएछन् भन्न पर्ने हुन्छ । म सानो छदा मेरो पर्वते बोली स्पष्ट थिएन कारण मेरो घरमा सधै लिम्बु भाषा मात्र पर्वत बालिन्थ्यो । अहिले गाँउघरमा त्यो बाताबरण छैन ।
समयक्रम सँगै अहिलेका नयाँ पुस्ताले आफ्नो भाषा बोल्न छोडिसके । भाषा हराउदै गएपछि यस प्रकारको संस्कार संस्कृतिहरु आफै हराउदै जाने छन् । हामीले के विर्सनु हुदैन भने हाम्रो पुर्खाहरु बनजंगलमा त्यै पात बजाउदै ससुराली पुगे, ताम्क्या गाउदै खेतीपाती गर्दै आफनो सन्तानहरु फैलाए र आज हामी यहाँ छौ । त्यसैले यी संस्कार संस्कृतिहरु हाम्रो पुर्खाले छोडेको चिनो हुन जसलाई जोगाउंने आजको नयाँ पुस्तालेनै हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी