BSC FM live


सम्पादकीय: लोकतन्त्रको सौन्दर्य



नागरिकको राज्य प्रतिको मौन अभिब्यक्ती लिने माध्यम भनेको चुनाव नै हो । चुनाव लोकतन्त्रको सौन्दर्य हो । संबिधान प्रदत्त कानुन अनुसार तोकिएको मितिमा चुनाव हुनु लोकतान्त्रीक अभ्यासको मुख्य मुद्धा हो ।
आगामी मंसिर १४ मा हुने उप–निर्वाचनका लागि पाँचथरका तीन क्षेत्र अहिले चर्चामा छन । फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
देशभर रिक्त रहेका ५० पदमध्ये पाँचथरका जिल्लाका ३ हुन । यहाँ तीनै जना जनप्रतिनिधिको निधन भएको छ । फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्बाङ, हिलिहाङ–७ का वार्ड अध्यक्ष तिर्थराज तिम्सिना र फिदिम नगरपालिका–१ का वार्ड अध्यक्ष हर्क मोक्तानको निधन भएपछि उक्त पद खाली छन् ।
जिल्लामा दुई ठुला दल बाहेकका पार्टीहरुले पनि उम्मेद्वारी दिने चर्चा छ । त्यस मध्ये राप्रपाले फिदिम नगरपालिका १ मा उम्मेद्वार नै घोषणा गरेको छ । आगामी निर्वाचनका लागि मिलन गिरीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेको राप्रपा पाँचथरका अध्यक्ष जगत थापाले जानकारी दिए । राप्रपा बाहेकका कुनै पनि दलले उम्मेद्वार घोषणा गरेका छैनन ।
तोकिएको मितिमा चुनाव गराउनु अहिलेको मुख्य कार्यभारलाई सरकारले भुल्नु हुन्न । जनताले दिएको मतको उचित मुल्याङकन हुन जरुरी छ । जनमतको कदर भन्नु नै आवधिक निर्वाचनको बिषय हो । लोकतन्त्रको सौन्दर्य जोगाउन सबैले भुमिका खेल्नु पर्नेबेला आएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी