BSC FM live


आपराधिक घटना न्यूनीकरणका लागि इलाममा ३४ सीसी क्यामेरा जडान


१७ भदौ,- आपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान गरेर इलाममा निगरानी थालिएको छ । जिल्लाका ३४ ठाउँमा जडान गरिएका सीसीटीभी क्यामेराको दृश्य जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट प्रहरीले निगरानी थालेको हो ।

 

अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हो । क्यामेरा जडानका लागि प्रदेश सरकारले सहयोग गरेको छ । सदरमुकाम इलामसहित फिक्कल, पशुपतिनगर र मंगलवारे क्षेत्रमा सीसी क्यामेरा राखिएको छ ।

इलाम बजारमा १०, फिक्कलमा ८, पशुपतिनगरमा ८ र मंगलबारेमा ८ वटा क्यामेरा जडान गरिएको छ । भीडभाड हुने स्थानलाई लक्षित गरी क्यामेरा राखिएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । ‘बजार क्षेत्रमा अपराध र दुर्घटना बढे, पसल फोरेर सामान चोरी हुने घटना रोकथाममा सीसी क्यामेराबाट हुने निगरानीले सघाउँछ,’ उनले भने ।

विभिन्न घटनाबाट पीडितको उजुरी आइरहेको अवस्थामा क्यामेरा जडानपछि राहत मिल्ने उनले बताए । बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याएर त्यसमार्फत क्यामेरा र टीभीको कनेक्सन गरिएको छ । क्यामेरामा एक महिनासम्मको दृश्य रेकर्ड रहने गरी मिलाइएकाले अनुसन्धानमा सहजता थपिएको प्रहरीको भनाई छ ।

क्यामेरा जडानलगत्तै चोरी भएका २ वटा मोटरसाइकल प्रहरीले पत्ता लगाएर फेला पारिसकेको छ । ती मोटरसाइकल इलामको धोवीधारा र इलाम चोक बजारबाट हराएका थिए ।
kantipurdaily
हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी