BSC FM live


सम्पादकीय : शिक्षामा विभेद



संविधान भन्छ शिक्षा नागरिकको न्यूनतम अधिकार हो । यो मौलिक अधिकारको सुनिश्चितताको परिकल्पना संविधानले गर्छ । तर व्यहारत हेर्ने हो भने शिक्षामा जस्तो विभद अरुतीर देखिदैन ।
बर्गिय छाया शिक्षामा देखिन्छ । देख्दै हाम्रो शिक्षा दोहोरो किसिमको छ । नीजीकरणले स्वत्तै निलेको शिक्षा प्रणालीको मारमा सर्वसाधारण नागरिकका सन्तान परिरहेका छन् ।ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयको स्थीति खस्कदो छ । घरमा घाँस, दाउरा गरेर विद्यालयमा जानु पर्ने बाध्यता भएकमा विद्यार्थी छन् । विद्यालयको शैक्षिक अवस्था खस्कदो छ । शिक्षकहरु राजनीति र व्यापारमा व्यस्त छन् । यतिमात्र शिक्षाको सुधारका लागि प्रयास भएको देखिदैन । पूर्वाधार र जनशक्तिको अभावमा राम्रो शिक्षा हासिल गर्ने अवस्थामा छैनन । यतिवेला शिक्षाको असमानतको मारमा युवाहरु विदेशमा बालुवा बगाउन बाध्य रहेका छन् ।
जिल्लाको उत्तरी च्याङ्थापुमा र फलैचामा रहेका विद्यालयमा छिमेकी जिल्ला ताप्लेजुङका विद्यार्थीहरु पढ्न आउछन् । डेरा बसेर विद्यालय जानु पर्ने बाध्यता छ । ताप्लेजुङकामात्र हैन बर्मे लगायतका गाँउका विद्यार्थी डेरा बसेर पर्छ ।
‘लेकका हामि केटाकेटि, कुहिरोभित्र स्कुल छ पढ्न र लेख्न मुस्कील छ’ यो गीतले निक्कै ठुलो मर्म बोकेको छ । यस्तै कठिन बाध्यता र विवशतामा मर्मस्पर्शी कथाहरु पाँचथर, ताप्लेजुङका लेकाली क्षेत्रकमा विद्यार्थीहरुको छ । कतिले बिचैमा विद्यालय छोडेका छन् । शिक्षण सिकाई उपलब्धि पनि खासै देखिदैन । त्यसो त विद्यालयमा विद्यार्थी कम छन् । विद्यार्थी कम भन्दै विद्यालयको दरबन्दी काट्ने र मर्च गर्ने गरिन्छ । नभएको विद्यार्थी कहाँबाट ल्याउनु ? भएकालाई पनि समस्या पार्नु त भएनन नी यस्ता सवाल प्रसस्त उठ्ने गरेको पाईन्छ ।
सामुदायि विद्यालय सुध्रिन सकेको छैन । शिक्षक, अभिभावक र सरकारी निकाय जिम्मेवार हुन सकेको छैन । हुनेखानेका सन्तानले नीजि विद्यालयमा राम्रो शिक्षा हासिल गर्छन् । तर आर्थिक अवस्था कमजोर हुने परिवारका विद्यार्थीलाई पढ्न सकस छ ।त्यसोत हाम्रो शिक्षा प्रणालीनै गलत छ । दुई किसिमको विद्यालय सञ्चालन गर्ने परिपाटी अन्त्य गर्नु पर्छ । शिक्षा व्यापार नभई आवश्यकता भन्ने विषयलाई बुझ्न जरुरी छ ।
ग्रामिण क्षेत्रका विद्यार्थी र गरिव परिवारका विद्यार्थीलाई सुविधा युक्त शिक्षाकालागि राज्यले पहल गर्न आवश्यक छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी