BSC FM live


विश्व कप छनोट –फुटबल टोली कुवेत तर्फ


फिदिम टुडे । विश्व कप छनोटको पहिलो खेलका लागि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । नेपाल र कुवेतबीच भदौ १९ गते खेल हुँदैछ । टोलीलाई एन्फाले औपचारिक विदाई शुक्रबार नै गरेको थियो ।

पहिलो खेलको तयारीका लागि टोलीले मलेसिया भ्रमण गरेको थियो । मलेसियाको लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेल नेपाली टोलीले १–० ले गुमाएको थियो । त्यो खेलको कप्तान सुजल श्रेष्ठले गरेका थिए ।

नियमित कप्तान विराज महर्जन, सिनियर खेलाडी भरत खवास र गोलकिपर किरण चेम्जोङ टोलीमा नहुँदा सुजलले मैत्रीपूर्ण खेलमा सुजलले कप्तानी गर्ने मौका पाएका थिए । कुवेतका लागि विराज टोलीमा छैनन् । विराज नहुँदा राष्ट्रिय फुटबल टोलीको कप्तान को हुने अझै निश्चित भइसकेको छैन ।

प्रशिक्षक कालीनले कप्तानको जिम्मेवारी टुंगो नलागेको र त्यसलाई ठूलो विषय बनाउन नपर्ने बताएका थिए । यद्दपी झन्डा ग्रहण गर्ने क्रममा भने उपकप्तान किरण मञ्चमा गएका थिए । कालिनले सबै २३ खेलाडी नै आफ्नो लागि कप्तान सरह रहेको बताएका थिए । विश्व कप छनोटमा नेपाल, कुवेतसहित अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे रहेका छन् ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डस – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी