BSC FM live


मेस्सी बिनाकाे बार्सिलोनाकाे बराबरी


 १५ भदौ,- स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

ओसासुनाको मैदानमा भएको खेलमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना खेलको सातौं मिनेटमा पछि परेको थियो । ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा यूवा खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ओसासुनाविरुद्ध गोल गरेसँगै १६ वर्ष ३०४ दिनका फाती ला लिगामा बार्सिलोनाबाट सवार्धिक कम उमेरमा गोल गर्ने खेलाडी बने ।

Torres is mobbed by his Osasuna team-mates after taking a shock lead at the El Sadar Stadium

यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेको छ । सातौं बार्सिलोनाको यो दोस्रो बराबरी हो । चौंथो स्थानको ओसासुनाको ५ अंक रहेको छ ।

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी