BSC FM live


सम्पादकीय : खानेपानीको जोहो



विकासका नाममा जथभावि निर्माण गरीएका छन् । पहाडलाई थिलथिलाउने गरी मेसिन चलाइएका छन् । वातावरण प्रभाव मूल्याङकन विनानै विकास योजना अघि बढ्छन् । रुख काट्ने क्रम उत्तिकै छ । जलवायू परिवर्तनको प्रभाव पनि पर्न थालेको विज्ञहरुको भनाई छ । सादय यहि भएर होला पहाडमा धमाधम पानीका मुहान सुक्दै छन् । ठोस अध्यायनको अभाव भएपछि मुहान सुक्ने, पानीको मात्रा घट्दै जादा चौतर्फी समस्याहरु बढ्दै गएको छ ।
पानी जीवनसँग जोडिन्छ । प्रकृतीको जीवन चक्रसँग गासिन्छ । गास, बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी आम नागरिकका न्यूनतम आवश्यकता भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । तर हाम्रामा भएका मुहान सुक्ने क्रम जारी छ । पानीका मुहान सुक्दै गर्दा खानेपानीको संकट पैदा हुन थालेको छ । उच्च पहाडी क्षेत्र बाहेकका बस्तीहरुमा खानेपानी संकट छ । यसले बसाई सराई बढेर गएको छ । पानीको चर्को अभाव खेपीरहेका बासिन्दाको सास्ती निक्कै कहाली लाग्दो छ । यो दुखको परिणती कसरी आयो भन्ने कुराको खोजी हुन सकिरहेको छैन ।
धारा थिए । कुवा थिए । खोल्सा थिए । धमाधम सुकेका छन् । तमोर छोएका गाँउहरुमा अब खानेपानी मुहान भेट्न निक्कै कठिन छ । अधिकतर बजार क्षेत्रमा खानेपानी अभाव हुदै गएको छ । खानेपानी आयोजनाबाट पानीकोमात्रा घट्दै गएको छ । पर्याप्त पानी भएका आयोजनाहरुबाट अचेल पर्याप्त खानेपानी आपूर्ती हुन नसक्ने अवस्था आएको छ ।
यति हुँदा हुदै पनि विकास निर्माणमा जथाभावि गर्ने क्रम रोकिएको छैन । मुहान सुक्न नदिन, पानी रिचार्ज हुने वातावरण सृजनागर्न पहल हुनु पर्ने आवश्यकता छ । यसरीनै खानेपानीको समस्या बढ्दै जाने हो भने बसाई सराई र गरिवि ह्वातै बढेर जान्छ । यसतर्फ ध्यान दिनु पर्छ । विकल्पहरुको खोजी हुन आवश्यक छ ।
खानेपानी अभावले ठुला ठुला विकासका आयोजना अघि बढेका छन् । लिफ्ट, डिप बोरीङ जस्ता नयाँ प्रविधिका आयोजना समेत अघि बढाइको छ । अव पानी जोहोमा विशेष ध्यान दिनु पर्छ । खोलाहरु बगिरहेका पानीको सञ्चीतिकरण र यसको उपभोगको प्रविधिको विकास गर्दै समस्याको समाधान गर्दै लैजानु पर्ने देखिन्छ । यसतर्फ राज्यले विशेष भुमिका निर्भाह गर्नै पर्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी