BSC FM live


फिफा विश्वकप छनाेटका लागि नेपाली फुटबल टिमकाे घाेषणा आज


फिदिम टुडे ।  फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेत विरुद्धको खेलका लागि नेपाली टिमको अन्तिम नामावली आज सार्वजनिक गरिनेछ ।

मलेसियामा एक मैत्रीपुर्ण खेलेर फर्किएको नेपाली टिमका प्रशिक्षक योहान कालिनले आज नै टिमको घोषणा गर्ने बताएका छन । उनले टिममा केहि परिवर्तन हुन सक्नेछ समेत संकेत गरेका छन ।

मलेसियाको लिग च्याम्पियन जाहोर विरुद्धको खेलमा आराम दिइएको अनुभवी खेलाडी किरण चेम्जोङ, रोहित चन्द, भरत खवास सहित कप्तान विराज महर्जन टिममा फर्किने छन । २३ जनाको सूचीमा मलेसियाको मैत्रीपुर्ण खेलबाट केहि खेलाडी बाहिरीने संभावना रहेको छ ।

नियमित कप्तान विराज महर्जनका्े फिटनेसका कारण मलेसियाको टिमबाट बाहिर राखिएको थियो । जसका कारण सुजल श्रेष्ठले टिमको कप्तानी गरेका थिए ।

मलेसियाबाट फर्किएपछि नेपाली टिमले आज विहान प्रशिक्षण समेत गरेको थियो । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी