BSC FM live


बंगलादेशमाथि नेपालको शानदार जित


१० भदौ,- भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।

भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले बलियो टोली बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । र, नेपालले शीर्ष दुईमा रहदै फाइनलमा स्थान बनाउने सम्भावना कायम राखेको छ ।

अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी