BSC FM live


मेस्सी पुन टिम बाहिर !


 

०८ भदौ,- बार्सिलोना स्टार लियोनल मेस्सी पुन टिम बाहिर परेका छन् । शनिबार हुने रियल बेटिसविरुद्वको खेल अगाडी उनी टिम बाहिर परेका हुन् । उनी टिमको अन्तिम अभ्यास सत्रमा समेत सहभागी भएनन् ।

मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान फर्कने तयारीमा छन् । कोपा अमेरिकामा सहभागी भएका मेस्सीले प्रि–सिजनका अधिकांश खेल गुमाएका थिए ।

लगत्तै अभ्यास सत्रमा फर्किएका उनले चोट बोकेका थिए । सोही कारण उनले एथ्लेटिको क्लबविरुद्वको लिगको पहिलो खेल गुमाएका थिए ।

अन्तिम समयमा गोल खाएपछि सो खेलमा लिग च्याम्पियन बार्सिलोना एथ्लेटिको क्लबसंग १–० ले पराजित भएको थियो ।

लुईस स्वारेज र उसमान डेम्बेलेले चोट बोकेपछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् ।

उनी शनिबारको पुरै अभ्यासमा समेत सहभागी भएनन् । सोही कारण उनी बेटिसविरुद्वको टिममा समेत परेका छैनन् ।

यसअघि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सीको बिषयमा कुनै खतरा मोल्न नचाहेको भन्दै बेटिसविरुद्वको खेलमा उनी फर्कन सक्ने बताएका थिए ।

‘हामी कुनै खतरा मोल्न चाहदैनौ ।’ भाल्भर्डेले भने, ‘हामी प्रतिक्षा गरिरहेका छौ र उनको तयारलिाई हेरिरहेका छौ ।’

अर्जेन्टिनी स्टार मेस्सी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेल पछि मैदानमा देखिएका छैनन् ।

उनको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ ।

मेस्सीले गत सिजन ३६ गोल गर्नुका साथै १३ गोलको अवसर सिर्जना गरेका थिए । सोही आधारमा बार्सिलोनाले लिग उपाधि जितेको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी