BSC FM live


पाथिभरा गोल्डकपकाे उपाधि सुनसरीलाई


फिदिम टुडे

ताप्लेजुङ
ताप्लेजुङमा आयोजित चौथो पाथीभरा गोल्डकप प्रतियोगिताको उपाधि एलाभेन एरोज सुनसरीले जितेको छ । पहिलो संस्करणबाट सहभागी सुनसरीले ताप्लेजुङमा पहिलो पटक उपाधि जितेको हो । सुनसरीले उपाधि जित्नेक्रममासाविक विजेता रेडस्टार फुटबल क्लबलाई टाइब्रेकरमा जित्दै उपाधि जितेको हो । पटक पटक अग्रता जोगाउन नसक्दा रेडस्टार अभागी साबित भयो । उपाधि संगै सुनसरीले नगद ३ लाख ११ हजार १११ रुपैयाँ र ट्रफी पाउँदा उपविजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।
शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टारले उपाधि सुनसरीलाई सुम्पिन बाध्य बन्यो । निधारित ९० मिनेटमा दुई पटक रेडस्टारले लिएको अग्रता जोगाउन नसक्दा उपविजेतामा सीमित हुनु परेको हो । निधारित समयमा दुवै टिमले समान २–२ गोल गरेपछि उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलमा दोस्रो हाफको १५औँ मिनेटमा फ्रिकिकमार्फत योगेश गुरुङले सुन्दर गोल गरेर खाता खोलेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, २९औँ मिनेटमा एलेभेन एरोजका यानिक ओवानाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । प्रतिस्पर्धात्मक खेलमा फेरि रेडस्टारका मिलन राईले खेलको ४२औँ मिनेटमा गोल गरेर २–१ को नतिजा निकालेका थिए ।
खेल सकिन एक मिनेट बाँकी रहँदा पुनः एलेभेन एरोजले बराबरी गोल गर्यो । खेलको ४९औँ मिनेटमा सुशान्त तामाङले गोल गर्दै खेललाई बराबरीमा पुराएका हुन् ।उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ४–२ गोलअन्तरमा एलेभेन एरोज गोल्डकप च्याम्पियन बन्यो । रेडस्टारका लागि योगेश गुरुङको पहिलो प्रहार नै बाहिरियो । एलेभेन एरोजका रुपेश केसीको प्रहार भने गोलमा परिणत भयो ।रेडस्टारका पुजन उपरकोटी दोस्रो प्रहारमा गएका थिए । उनको प्रहार सिधै गोलमा परिणत भयो । देब्रे बार च्याप्दै उनले सुन्दर गोल गरे । एलेभेन एरोजका जीवन धामीले पनि गोल गर्न सफल भए । रेडस्टारका विकास थुलुङको प्रहार गोलपोस्टभन्दा धेरै माथिबाट बाहिरियो ।यस्तै, एलेभेन एरोजका गोलरक्षक विश्व एप्स आफैँ प्रहारका लागि आएका थिए । उनको प्रहार रेडस्टारका गोलरक्षक विवश चौधरीले बचाउन सकेनन् । तर, अन्दाज भने लगाएका थिए ।रेडस्टारका निशान्त लिम्बूको प्रहार गोलमा परिणत भयो । एलेभेन एरोजका गोलरक्षक विश्व चौधरीले रोक्न खोजे पनि हातमा लाग्दै बलले जाली चुमेको थियो । निर्णायक गोलका लागि एलेभेन एरोजका उमेश कार्कीले गरेको प्रहार गोलमा परिणत हुँदा झापा स्तब्ध बन्यो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी