BSC FM live


पाथीभरा गोल्डकपः उपाधी भिडन्त आज, रेडस्टार र एलाभेन एरोज भिड्ने


टुडे संवाददाता/ पाँचथर, ०६ भदौ

चौँथो संस्करणको पाथिभरा गोल्डकपको उपाधी भिडन्त आज हुँदै छ । उपाधीका लागि डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी भिड्दैछन् । जिल्ला सदरमुकामको भानुजन माविको खेल मैदानमा हुने फाईनल खेलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुनेछ । यसअघि विहिबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा डाँगीहाट क्लब मोरङलाई पराजित गर्दै झापाले सुनसरीसँग उपाधि भिडन्त पक्का गरेको हो ।
विहीवारको सेमिफाइनल खेलमा झापाले मोरङलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । झापाका लागि बुद्ध चेम्जोङ, पुजन उभरकोटी, योगेश गूरुङ र निशान लिम्बुले गोल गरे । यता पराजित डाँगीहाटका लागि भने विक्रम लिम्बु, विकेश लिम्बु र विक्रम धिमालले गोल गरे । झापाका निरज बस्नेत र मनोज राईको प्रहार गोलकिपर छिरिङ तामाङले बचाए । डाँगीहाट सुमिन मैनाली, दिलेन लोक्तान र मान बहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ गरे । म्यान अफ दि म्याच घोषित गोलकिपर चौधरीले नगद ५ हजार प्राप्त गरे ।
निर्धारित समय १÷१ गोलको वरावरीमा सकिएको खेलको निर्णय ट्राईब्रेकरबाट लिएको हो । खेलको ४७औं मिनेटमा योगेश गुरुङको गोलमा झापाले अग्रता लिएको थियो । तर ५३औं मिनेटमा मोरङका लागि विकेश लिम्बुले बरावरी गोल गरे । दुवै टोलीले खेलमा रक्षात्मक शैलि अपनाएको थियो । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । लाखेजात्रा खेल आयोजक समितिको आयोजना प्रतियोगिता सञ्चालन भएको हो । पाथीभराको प्रचार प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष नारायण थापाको भनाई छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी