BSC FM live


सुनसरी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश, रेड हर्ष क्लब इलाम २-० ले पराजीत


०४ साउन,- सुनसरीको एलेभेन एरोज क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमाप्रतिस्पर्धी  रेड हर्ष फुटबल क्लब इलामलाई २-० गोल अन्तरले पराजित गर्दै सुनसरी फाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हाफमा सुनसरीका लागि विदेशी खेलाडीले गोलको खाता खोलेका थिए भने अर्को गोल खेलको अन्त्यतिर तिर्थ बस्नेतको को सब्स्च्यिूट को रुपमा आएका खेलाडीबाट भएको हो ।निकैनै प्रतिस्पर्धात्मक खेलमा सुनसरीका विदेशी खेलाडी यानिक ओवानाले पहिलो हाफको ३५औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।   दोस्रो हाफको ४४औँ मिनेटमा श्याम चौधरीले थप गोल गर्दै सुनसरीको अग्रता दोब्बर बनाउन सफल भए । यसअघि भएका दुवै टोलीको प्रयास खेर गएको थियो । दुवै टोलीले विदेशी खेलाडीसहित नाम चलेका क्लब र खेलाडीलाई मैदानमा उतारेको थियो । इलामले यसअघि पोमु केछाङ ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गरेर सेमिफाइनल खेल खेलेको हो । सुनसरीले भने दार्जीलिङको युकेएफसीलाई पराजित गर्दै इलामलाई सेमिफाइनलमा भेट पक्का गरेको हो ।खेलको म्यान अफ दी म्याच सुनसरीका पहिलो गोलकर्ता यानिक ओवाना घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए । भोलिको अन्तिम सेमिफाइनल खेल मोरङको डाँगीहाट फुटबल क्लब र झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ पाउँदा उपविजेता टिमले १ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी