BSC FM live


बसपार्क सञ्चालनमा कडाई


टुडे संवाददाता/ पाँचथर, ०४ भदौ

निर्माणको लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको फिदिम बसपार्क सञ्चालनमा कडाइ गर्ने फिदिम नगरपालिकाले तयारी गरेको छ । हामीले नगर क्षेत्रका सरोकारवालासंगको छलफल पछि बसपार्क प्रभावकारी सञ्चालन गर्ने तयारी गरेका हौँ । फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङले भने–सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु परो ।
सञ्चालन नै नभइकन दोस्रो पटक उद्घाटन गरिएको फिदिम बसपार्कमा नाम अनुसारको काम हुन सकिरहेको छैन । बसपार्क भन्ने बित्तिकै बजार क्षेत्रमा हुने दुर्घटना कम गर्दै सफा सुन्दर बजार निर्माणका लागि निस्चित ठाउँमा लगेर सवारी पार्क गर्ने राख्ने भन्ने नै हो । तर फिदिम बसपार्कमा दोस्रो पटकको उद्घाटन पछि पनि त्यसो हुन सकेको छैन । बसपार्कको उद्घाटन पुर्व फिदिम बजारमा जसरी सवारीको चाप थियो अहिले पनि सोही अवस्था छ । बजारका चोक चोकमा गाडी पार्क गरिएको छ । साना गल्लीहरुमा सवारी खचाखच राखिएको छ ।
काउण्टर सहितका बसपार्कका आधारभुत संरचना अहिले बसपार्क मै पुर्याइएको छ । सुरक्षाका लागि अस्थाइ प्रहरी बिट नै स्थापना भएको छ । ब्यवस्थित काउण्टर राखिएको छ । खानेपानि, बिद्युत, टेलिफोन सहितका पुर्वाधार पुर्याइएको छ । बसपार्क जाने आउने सडक चौतर्फी क्लियर गरिएको छ । तर पनि गाडी त्यहाँ पार्क हुँदैनन । अधिकांस ब्यवसायीले बसपार्कका संरचना नबन्दा सम्म भन्ने गरेको सुरक्षाको बिषय अव छैन । तर पनि गाडी बसपार्क पुग्दैनन । बिशेष गरेर पार्कका लागि पुग्दैनन । गाडी बसपार्क नलगिँदा बजारको शौन्दर्यतामा पहिले झै समस्या सुरु भएको छ । सवारी दुर्घटना सहितका समस्या झनै बल्झिएको छ ।
बसपार्कमा गाडी इन्ट्री कार्ड लिन मात्रै पुग्ने गरेका छन । दैनिक २ सय देखी २ सय ५० गाडी इन्ट्री कार्ड लिन त्यहा पुग्ने गरेका छन ।
फिदिम नगरपालिकाको पछिल्लो निर्णय अनुसार बसपार्क नपुग्ने सवारीलाई कारवाही गर्ने सहितका निर्णय सार्वजानीक गरेको छ । फिदिम छिरेका गाडी अनिवार्य बसपार्क पुग्नु पर्ने । बजार क्षेत्रमा आउने सवारीले अनिवार्य रुपमा ताकिएको स्थानमा मात्रै यात्रु ओराल्ने र चडाउने गर्नु पर्ने सहितका निर्णय गरेको छ । बजार क्षेत्रमा मात्रै त्यस्ता ८ वटा स्थान तोकिएको छ ।
तोकिएका स्थानमा ३० मिनेट भन्दा बढी सवारी रोक्न नपाइने प्रावधान नगरपालिकाले गरेको छ । यस अघि फिदिम बजारमा रोकिएका ट्रकहरुका बिषयमा पटक पटक आलोचना हुने गरेको छ । ट्रक सहितका मालवहाक सवारीहरुलाई फिदिम माबिको जग्गामा पार्क गर्ने ब्यवस्था मिलाईएको बसपार्क सञ्चालनमा सक्रिय फिदिम २ का अध्यक्ष सुकपाल तुम्बापोले बताए ।
बजार क्षेत्रमा रहेका काउण्टरहरु हटाउन नगरपालिकाले फेरी पनि आग्रह गरेको छ । ३ पटक सम्म पनि अटेर गरे रु ५ हजार सम्म जरिवाना गर्ने तयारी नगरपालिकले गरेको छ । नगरपालिकाको यो कदम पहिलो भने हैन । यस अघि पनि निर्णय गरेर कार्यान्वयन गर्न नसक्दा समस्या भएको स्थानीय बताउँछन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी