BSC FM live


पाथिभरा गोल्डकपमा सेमिफाईनल चरणका खेल आजवाट, रेडहर्ष ईलाम र एलाभेन एरोज सुनसरी भिड्दै


टुडे संवाददाता/ ताप्लेजुङ, ०४ भदौ
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपमा आज पहिलो सेमिफाईनल खेल हुदैछ । आज हुने सेमिफाईनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष ईलाम र एलाभेन एरोजबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । रेडहर्षले क्वाटरफाईनलमा फिदिम पाँचथरलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो भने एलाभेन एरोजले भारतको यूकेएफसी दार्जिलिङलाई पराजित गर्दै सेमिफाईनलको स्थान सुरक्षित गरेको थियो । यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनल खेलमा गोर्खा स्र्पोटिङ क्लव दमकलाई १–० गोल अन्तरले पराजित गर्दै रेडस्टार झापा सेमिफाईनलमा प्रवेश गरेको छ ।

अव रेडस्टारले डाँगीहाट फुटवल क्लव मोरङ सँग विहिवार फाईनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजारसहित ट्रफि प्रदान गरिने छ। उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिइने छ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ ६ गते हुनेछ । यसैविच आजवाट सुरुहुने सेमिफाईनल चरणको खेल हेर्नको लागि १ सय ५० रुपयाँको टिकट काटेर सहयोग गरिदिन आयोजकले आग्रह समेत गरेको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी