BSC FM live


पाँचथरका दलहरु चुनाबी तयारीमा


टुडे संवाददाता/ पाँचथर, ०४ भदौ
उप–निर्वाचनहुने भएपछि पाँचथरका दलहरु त्यसको तयारीमाजुटेका छन । नेपालकम्युनिष्टपार्टी (नेकपा), नेपालीकाग्रेस, राप्रपा, संघिय समाजबादीपार्टी सहितकादलहरु चुनावीतयारीमाछन । नेपालकम्युनिष्टपार्टी (नेकपा)ले औपचारीक रुपमै उप–निर्वाचनको तयारी सुरु गरेकोजनाएको छ । मंसिर १४ गते उप–निर्वाचनको मिति तय भए संगैदलहरु केन्द्रितभएकाहुन ।
पाँचथरमा एक गाँउपालिका र दुई वडाहरुमा उप–निर्वाचनहुँदै छ । जिल्लाको फाल्गुनन्दगाउँपालिका, फिदिमनगरपालिकाको –१, नम्बर वडा र हिलिहाङ गाउँपालिकाको ७नम्बर वडामा उप–निर्वाचनहुँदैछ । नेकपापाँचथरले उप निर्वाचनकालागिकमिटी नै तयार पारेको छ । फाल्गुनन्दगाउँपालिकामा प्रेमप्रसाद रिजालको संयोजन तथाशंखध्वज नेम्बाङको सह–सम्योजनमा १सय ५१ सदस्यप्रचार–प्रसार समितिगठन गरेको हो । त्यसैगरी, फिदिमनगरपालिका १ नम्बर वडामा महेन्द्र थाम्सुहाङ संयोजन र मेदनीखत्री सह–संयोजक रहेको १०७ सदस्यप्रचार प्रसार समितिगठन गरेको छ । हिलिहाङ गाउँपालिका७ मा भने विस्णुप्रसाद सापकोटाको संयोजनमा र रविनतिम्सिनाको सह–संयोजनमा ९७ सदस्यप्रचार प्रसार समितिगठन गरेको हो । नेपालीकाग्रेस सहितकादलहरुले भने औपचारीक घोषणाभने गरिसकेका छैनन । तर आन्तरिक गृहकार्यमा सक्रिय रहेको बुझिएको छ ।
दलहरु बिचमा आपसी सहकार्य गरेर जाने वा एक्ला एक्लै मैदानमा जाने भन्ने बारेमा समेत छलफलहरु भइरहेका छन । पहिलो चरणमा आन्तरिक छलफलबाट उम्मेद्वार तयार गर्ने तयारी यतिबेला चलिरहेको छ । चुनाव हुने क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिका र फिदिम वडा नम्बर १ मा यस अघि नेपाली काग्रेसका उम्मेद्वारले जितेका थिए । हिलिहाङ ७ मा भने नेकपाका उम्मेद्वार बिजयी भएका थिए ।
ती क्षेत्रहरुमा अहिले चुनावी तयारी सुरु भएको हो । प्रतिस्पधी दलहरुमा बिपक्षी पार्टीले कस्लाई उम्मेद्वार बनाउँछन भन्नेबारेमा छलफल हुने गरेको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी