BSC FM live


पाथीभरा गोल्डकपमा आज गतवर्षको विजेता रेडस्टार क्लव झापा र गोर्खा स्पोर्टिङ क्लव दमक बिच खेल हुदैँ


टुडे संवाददाता /ताप्लेजुङ ,०३ साउन
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपमा आज गतवर्षको विजेता रेडस्टार क्लव झापा र गोर्खा स्पोर्टिङ क्लव दमक बिच हुदैँछ । भानु मा वी को खेलमैदानमा आजको खेल रेडस्टार क्लव झापा गतवर्षको विजेता भएकोले पनि निकै प्रतिस्पर्धात्मक हुने र दर्शकको सङया पनि उल्खेल्य हुने अनुमान गरिएको छ । आयोजकका अनुसार रेडस्टार क्लव झापाबाट निकै नाम चलेका खेलाडी को सहभागीता रहने बताइएको छ । यसअघि भएको खेलमा एलाभेन एरोज सुनसरी प्रतियोगिताको अन्तिम चारमा पुग्ने तेस्रो टोली बनेको छ । सुनसरीले विदेशी टिम यूकेएफसी दार्जेलिङलाई २–० गोल अन्तरले पराजित पा¥यो ।
सुनसरीको जितमा दाउफिन्स क्यामरुनका खेलाडी यानिक ओना नायक बने । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा भएको खेलमा उनि एक्लैले दुई गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेपनि ओनाले दोस्रो हाफको पाँचौं र ११ औं मिनेटमा आकर्षक गोल गरेर टिमलाई जिततर्फ उम्नुख गराए । करिब २३ यार्ड टाढा विपक्षी खेलाडीले फल्ड गरेपछि आएको फ्रीकिकलाई ओलाले सिधै जालि चुमाउन सफल भए । सुनसरीले ए डिभिजन क्लवका आधा दर्जन खेलाडी मैदान उतारेको थियो ।
तुलनात्मक रुपमा होचा र कम उमेर समुहका खेलाडि रहेको दार्जेलिङले सुनसरीलाइ कडा टक्कर दिएको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी