BSC FM live


इलाममा भारतले फेरि मिच्यो भुमि


 

३० साउन ,- इलामको सन्दकपुर र कालपोखरी क्षेत्रमा नेपालीतर्फले निर्माण गरेको भवन र शौचालय भत्काईदिने भन्दै भारतीय एसएसबीले स्थानीयलाई धम्की दिएका छन् ।

कालपोखरी क्षेत्रमा निर्माण भइरहेको सार्वजनिक शौचालय भत्काउन सिंहलिला नेशनल पार्क भारत र भारतीय एसएसबीको टीम आउने भन्दै स्थानीय एसएसबी क्याम्पले त्यहाँका नेपाली स्थानीयलाई आतंकित पारेका छन् ।

भारतीय एक बन कर्मचारीले यसै हप्ता वेष्ट बंगालका वनका आधिकारीक प्रतिनिधि र एसएसवीको आधिकारी अधिकारीहरु त्यहाँ आउने बताए ।

सन्दकपुर र कालपोखरी क्षेत्रमा बर्षौ देखिनै दशगजा क्षेत्रमा नेपाली र भारतीय दुवै पक्षले भवनहरु निर्माण गरि बसोबास गर्दै आएका छन् भने भारतीय क्षेत्रमा त एसएसबीको क्याम्पहरुनै निर्माण गरिएको छ ।

कालपोखरीका स्थानीय मिंगुर शेर्पाले भारतीय वन विभागले एसएसवीको सहयोगमा यहाँ निर्माण भएको संरचना भत्काउने भन्दै स्थानीयलाई त्रसित पारेको बताए । उनले भने, “नेपालपट्टिको भुमिमा उनीहरुले दावि गर्दै कुनै संरचना बनाउन नदिने भनेका छन् ।”

स्थानीय याङडन शेर्पाले भारतीयले कालपोखरी बर्षौ देखि स्थानीयले उपभोग गरेको तथा धनीपुर्जामा रहेको जग्गामा संरचना बनाउन नदिनु लाई दुखद भन्दै नेपाल सरकारले प्रत्यक्ष यस विषयमा चासो दिनुपर्ने बताईन् । उनले स्थानीय सन्दकपुर गाउँपालिकालाई घटनाको जानकारी गराईसकेको बताइन् ।

स्थानीयहरुले नेपालका पत्रकार, मानवअधिकारकर्मी र प्रशासनको उपस्थिति भएर समस्याको समाधान गरिनुपर्ने माग राखेका छन् । यदि समयमै समस्यामा ध्यान दिइएन भने भारतीय पक्षले आफ्नो धनीपुर्जाको जग्गामा समेत उपभोग गरेर त्यसैलाई नजिर बनाउनेमा स्थानीय त्रसित छन् ।

nayabulanda

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी