BSC FM live


सुनसान फिदिम बसपार्क


टुडे संवाददाता /पाँचथर, ३० साउन
पाँच वर्षअघि निर्माण गरिएको आधुनिक फिदिम बसपार्क सञ्चालनमा ल्याउन फिदिम नगरपालिकालाई चुनौती बनेको छ । फिदिम नगरपालिका २ पल्लोटारमा रहेको करिब १५ रोपनी क्षेत्र फलमा निर्माण गरिएको बसपार्कको उद्घाटन २०७१ वैशाख १ गते गरिएको थियो । आयोजनाले १ करोड ८७ लाख रुपैयाँ खर्चेर बसपार्क निर्माण गरेको हो । बस पार्कमा यात्रु प्रतीक्षालय, काउन्टर र सुरक्षा युनिटका लागि पूर्वाधार समेत निर्माण गरिएको छ । त्यहाँ सुरक्षाकर्मी समेत बस्ने गरेका छन ।
फिदिम बजारमा यात्रु बोक्ने जिप मात्र होइन मालबाहक सवारी साधनसमेत यत्रतत्र पार्किङ भएको देख्न सकिन्छ । कारण बजारका मुख्य क्षेत्रमा दैनिकजसो हुने जामले सर्वसाधारण हैरानीमा छन । मुख्य बजारको २ किमि दक्षिणतर्फ अत्याधुनिक बसपार्क छ । तर, त्यहाँ कुनै सवारी साधन देखिँदैनन ।
बस पार्कको दोस्रो पटक पनि उद्घाटन भएको छ तर सवारी साधन भने त्यहाँ जान मान्दैनन । ‘बसपार्क बनेको छ तर बजारको अव्यवस्थित पार्किङ र जाम कम भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहालले भने, ‘फेरि हामीले प्रयास थालेका छौं, सरोकारवाला सबैसँग छलफल गरेर विवाद मिल्छ भन्ने विश्वास छ ।’
यातायात व्यवसायी बजार क्षेत्रभन्दा टाढा रहेको भन्दै त्यहाँ जान मान्दैनन । व्यवसायीले सुरुमा जाने सडक कालोपत्रे नभएको सुरक्षा अभाव भएको भन्दै विरोध गरेका थिए ।
तर, उनीहरूका दुवै माग पूरा भएका छन् । यात्रु प्रतीक्षालय समेत रहेको आधुनिक बसपार्क निर्माण हुँदा समेत उनीहरू जान मानेका छैनन् । नगरपालिकाले कडाइ गरेपछि रुटमा चल्ने सवारीका साधन पास लिन मात्र बसपार्क छिर्ने गरेका छन ।
बस पार्क निर्माण भए पनि सञ्चालनमा आउन नसक्दा बजारक्षेत्रमा जथाभावी पार्किङ गरिँदै आएको छ । बजारमा सवारी साधनले तोकिएका ठाउँबाट मात्रै यात्रु चडाउने र ओराल्ने गर्नु पर्ने नियम नगरपालिकाले लगाए पनि त्यसको पालना कसैले गरेका छैनन् । बजार क्षेत्रमा हुने दुर्घटना कम गर्दै सफा सुन्दर बनाउन बसपार्क सञ्चालनमा ल्याउनुको विकल्प नहरेको नगरपालिकोको भनाइ छ । तर अहिले बसपार्कमा गाडी इन्ट्री कार्ड लिन मात्रै पुग्ने गरेका छन । दैनिक २ सयदेखि २ सय ५० गाडी इन्ट्री कार्ड लिन त्यहाँ पुग्ने गरेका छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी