BSC FM live


पाथीभरा गोल्डकप सुरु,आज रेडहर्स क्लव इलाम र घरेलु टिम पोमु केछाङ स्पोर्टिङ क्लव भिड्दै


टुडे संवाददाता /पाँचथर, ३० साउन

पाँच दशक लामो इतिहाँस बोकेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौंथो संस्करण विहिबार सुरु हुँदैछ । उद्घाटन खेलमा रेडहर्स क्लव इलाम र घरेलु टिम पोमु केछाङ स्पोर्टिङ क्लव भिड्दैछन् । खेल दिउँसो १ बजे ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा हुनेछ ।

रेडहर्स र पोमुकेछाङ बिचको भेट पहिलोपटक हुन लागेको हो । पोमुकेछाङका कप्तान अमिर सेन्दाङले तीन जना विदेशी र ए डिभिजन क्लवका खेलाडी टोलीमा रहेकाले खेल जित्दै दोस्रो चरणमा पुग्ने दाबी गरे । ‘मलेसियन लिग खेलेका ३ जना खेलाडी ताञ्जानियाका खेलाडी र अन्डर–१८ का एक जना खेलाडी टिममा रहेकाले खेल जित्नेमा ढुक्क छौं,’ उनले भने । दुई विदेशी खेलाडीसहित पाशाङ शेर्पाको कप्तानीमा रेडहर्स क्लव पोमुकेछाङसँग भिड्दैछ ।
अनुभवी खेलाडीहरु जाउलाखेलका फोफोना र संकटा क्लवका ट्याम्पेसहित मैदानमा उत्रदैछ । ‘घरेलु टिममाथी विजय प्राप्त गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछौं,’ रेडहर्सका मेनेजर सेवक देवानले भने,‘प्रतिस्पर्धि नयाँ भएकाले दोस्रो चरण पुग्नेमा ढुक्क छौं ।’ रेडहर्स गत सिजनमा सेमिफाइनलमा रेडस्टार क्लव झापासँग पराजित भएको थियो । पोमुकेछाङ भने पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १० टिमले प्रतिस्पर्धा गदैछन् । फिदिम स्पोर्टिङ क्लब पाँचथर, युकेएफसी दार्जेलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, रेडस्टार क्लब झापा, डाँगीहाट फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी र आयोजक टिम भिड्दैछन् ।
आयोजकले बुधबार प्रि–म्याच कन्फरेन्स गरी मैदान, प्यारापिट, खेलाडीलाई होटल व्यवस्थापनलगायत सबै तयारी गरिएको जनाएको छ । करिब १० हजार दर्शक अटाउनेगरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको लाखेजात्रा खेल सञ्चालन समिति अध्यक्ष नारायण थापाले बताए । उनका अनुसार दुई लाख ५० हजार रुपैयाँको बाँस प्रयोग गरी प्यारापिट बनाइएको छ ।
मैदानको उत्तरपट्टिको भागमा सिमेन्टको स्थायी प्याराफिट छ । जम्मा १५ हजार दर्शकले एकैपटक खेल अवलोकन गर्न सक्ने आयोजनाले जनाएको छ । बिजेताले ३ लाख ११ हजार र उपबिजेताले १ लाख ५१ हजार रुपैयाँसहित ट्रफि पाउने छन् । बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ४० लाख रुपैयाँ अनुमान गरिएको समितिका कोषाध्यक्ष विरु मोक्तानले बताए ।
पूर्वी पहाडकै प्रतिष्ठित पाथीभरा गोल्डकपमा दिनहुँ ४–५ हजार दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ । पहिलो चरणका खेलमा सय, सेमिफाइनलमा १ सय ५० र फाइनलका लागि २ सय रुपैयाँ टिकटदर तोकिएको छ ।
विसं २०२९ सालदेखि २०७२ सम्म कञ्चनजंघा च्यालेञ्ज रनिङकप भनेर खेलाईदै आएकोमा त्यसयता पाथीभरा गोल्डकप बनाईएको हो । ‘खेलकुदको माध्ययमबाट पाथीभरा मन्दिरको प्रचार गरि खेल पर्यटनको विकास गर्ने मुख्य लक्ष्य छ,’ अध्यक्ष थापाले भने,‘त्यसैले नाम परिवर्तन गरि पाथीभरा गोल्डकप बनाएका हौं ।’ प्रतियोगिताको समापन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा हुने उनले बताए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी