BSC FM live


संपादकीय: बिद्यालयको भवनको बिकल्प खोज्ने की ?



स्थानिय सरकार समेत रहेको फाल्गुन्द गाउँपालिकाको आफ्नो भवन नभएर विद्यालयमा कार्यलय सञ्चालन हुदै आएको छ । बिद्यार्थी र शिक्षकहरु खचाखच भरिएका कोठामा अध्यापन गराइरहेका हुन्छन् । भवन नहुदा ‘विद्यालय र गापा दुवैलाई बाधा पुगेको छ । तर हामीसँग विकल्प नभएका कारण विद्यालयकै भवनमा बस्न बाध्य छौँ भनेर स्थानिय सरकारका प्रतिनिधिहरुले बताउदै आइका छन । अब समस्या देखाउने भन्दा पनि बिकल्पहरु खोज्ने हो कि ? विद्यालयका भएमध्येका नयाँ र ठूलो भवनमा गाउँपालिका कार्यालय बसेसँगै पठनपाठनमा समेत प्रभावित हुने गरेको छ । विद्यालयको माथिल्लो तलाको चार कोठामा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै काम सञ्चालनमा छन् । त्यसको तल माविका कक्षा ८, ९ र १० सञ्चालनमा छन् । विद्यार्थी बढी भएकाले एउटै कक्षालाई २ सेसन बनाएको छ ।
दैनिक कामका लागि गाउँपालिकामा ७० जनाभन्दा बढी सेवाग्राहीहरु आउने गर्छन् । केही समयअघि आर्थिक वर्षको अन्त्यतिर त सेवाग्राहीको मेला नै लागेको थियो । यसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा बाधा पुग्ने गरेको छ । यो विद्यालयमा ४ सय ८५ भन्दा बढी विद्यार्थी छन् ।
गाउँपालिकाले भवन बनाउनका लागि आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन त गरेको छ तर भवन कहाँ बनाउने भनेर विवाद लामो समयदेखि चलिरहेको छ । एकपक्ष अहिले रहेको घुर्विसे पञ्चमीमा नै भवन बनाउनु पर्ने भन्दै आएका छन् भने अर्को पक्ष कोलबुङमा सार्नु पर्ने माग गर्दै आएका छन् । यस्ता समस्या मा न अलझी भवन निर्माण मा सबे जुट्नुने फाल्गुनन्द गाउँपालीकाका नागरीकहरुको हित देखिन्छ । सरकार बस्ने ठाउँनै कमजोर भए पछि सेवा प्रबाह पनि कमजोर हुनसक्छ अत सेवा प्रवाहलाई चुरुस्त बनाउन पनि अर्को ठाउँ सर्ने कि नयाँ आफ्नै भवन निर्माण गर्ने यस तर्फ सोच्न जरुरी छ ।

भवन भत्केपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको शिक्षकहरु बताउदै आएका छन् । अब सबै मिलेर समस्याको समाधान खोज्ने कि ? अरु निकायको समस्याको समाधान गर्नु पर्ने निकायनै दुई वर्ष सम्म आफै समस्यामा अझ्नु त भएन नी ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी