BSC FM live


इलाम अस्पतालमा पहिलो पटक थाइराइडका विरामी परिक्षण गरिने


 

२९ साउन,- इलाम अस्पतालले पहिलो पटक थाइराइड परिक्षण गर्ने मेशीन संचालन गर्ने भएको छ । अस्पतालले दश लाखमा थाइराइड परिक्षण गर्ने चाइनिज मेशीन खरिद गरेको र आगामी भदौ एक गतेबाट विरामीहरुको परिक्षण शुरु गर्ने भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पवनजग रायमाझीले उक्त मेशीन संचालनमा आएपछि प्रोस्टेटको क्यान्सर पनि परिक्षण गर्न सकिने जानकारी दिए ।

यसबाट दुर्गममा भएका गरिव र सामाजिक स्वास्थ्य विमा भएका विरामीहरुलाई राहत पुग्ने विश्वास उनकाे छ ।

पाँच वर्ष अगाडि शैयामा स्तर उन्नति भएको अस्पतालमा बहिरंग, इमरजेंसी साथै एक्स रे , भिडियो , एक्स रे लगायतका सेवा संचालनमा रहेका छन् । भरपर्दो सुविधा नहुँदा विरामीहरु ज्यादा अन्यत्र रिफर लिएर जाने गरेका थिए । आधुनिक उपकरण जडान भएपछि अन्य सरकारी अस्पतालमा रहेको दररेट हेरेर सहुलियतमा परिक्षण शुल्क तोकिने डा रायमाझिले बताए ।

इलाम अस्पतालमा १७ जना चिकित्सकको दरवन्दि भएपनि हाल एक जना मात्र दरवन्दि अनुसार कार्यरत रहेका छन् । अस्पतालमा इलाम जिल्ला लगायत पाँचथरका विरामी सेवा लिन आउने गरेका छन् । आधुनिक उपकरणबाट जिल्लामै सेवा लिन पाइने भएपछि सेवाग्राहिले खुशी व्यक्त गरे ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी