BSC FM live


संपादकीय : प्रयोग योग्य बनाउ



नेपालमा एउटै कार्डबाट नागरिकका धेरै सूचना सुरक्षित गर्ने भन्दै राष्ट्रिय परिचय पत्र बितरणको काम भइरहेको छ । पाँचथर सहितका केही जिल्लामा निकै अघि नै सुरु भएको हो भने केही जिल्लामा अहिले पनि चलि नै रहेको छ । तर जुन उदेश्यका साथ काम सुरु भएको थियो त्यो अनुसार हुन सकिरहेको छैन ।
२०७५ साल मंसिर पहिलो साताबाट ‘पाइलट प्रोजेक्ट’का रुपमा बितरण सुरु भएको राष्ट्रिय परिचय पत्र बितरण अन्तरगत अहिले सम्म ५८ हजार एक सय ५८ जना पाँचथरका नागरिकले परिचयपत्र लिइ सकेका छन । जिल्लामा हालसम्म बिवरण दर्ता भएका ८६ हजार ५ सय २८ जना मध्ये त्यतीको संख्याका नागरिकले कार्ड पाएका हुन । बिवरण संकलन भएर पनि अहिले सम्म २४ हजार ९ सय ४४ जनाको काड थन्किएको छ । बिवरण दिएर पनि ३ हजार ४ सय २६ जनाको काडए आउनै बाँकी छ ।
पहिलो चरण अन्तरगत पाँचथर जिल्लाका नागरिक र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र बितरण गर्ने तयारी अनुसार काम पुरा भएको राष्ट्रिय परिचय पत्र ब्यवस्थापन तथा पञ्जिकरण बिभागका सूचना अधिकारी शिवराज जोशिले जानकरी दिए । उनका अनुसार यो प्रोजेक्टको कुल लगानी साढे ५ अर्व हो । त्यस मध्ये हाल सम्म ४९ करोड रकम खर्च भइसकेको छ ।
कार्डमा ब्यक्तिका जैबिक र ब्यक्तिगत बिवरण समावेश गरिएको उनले जानकारी दिए । हाल बिवरण संकलन भइरहेको कार्डमा ब्यक्तिगत बिवरण र जैबिक बिवरणलाई पहिलो चरणमा स्थान दिन लागिएको छ । ब्यक्तिगत बिवरणमा कार्ड पाउने ब्यक्तिको नामथर, पारिवरीक अवस्था लगायतका बिवरण समाबेश हुन्छ भने जैबिव बिबरणमा हातका दश वटै औलाको छाप, फोटो लगायतका बिवरण समाबेस गरिएको छ ।
कार्र्डलाई बहु प्रयोगका लागि लागु गर्ने भनिए पनि अहिले प्रयोग बिहिन अवस्थामा नागरिकले कार्ड थन्काइराखेका छन । तीनको बृहतर प्रयोग बडाउनु अहिलेको अवस्यकता हो । कार्डलाई प्रयोग योग्य बनाउँ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी