BSC FM live


इलामका सरकारी कार्यालयमा छड्के , ५५ कर्मचारीलाई स्पष्टीकरण


२८ साउन,- विना जानकारी कार्यालयमा अनुपस्थित रहेको इलामका विभिन्न कार्यालयका ५५ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय इलामले स्पष्टीकरण सोधेको छ । कार्यालयले एकै दिन सदरमुकाममा रहेका २० वटा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २० मध्ये १३ कार्यालयका कर्मचारी विना जानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो । संघ मातहतका ८ कार्यालय र प्रदेश मातहतका पाँच कार्यालयमा छड्के अनुगमन गरिएको थियो । डिभिजन सडक इलामका ११, जिल्ला हुलाक कार्यालयका तीन, करदाता सेवा कार्यालयका एक, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका ४, नापी कार्यालय इलामका एक, कारागार कार्यालयका १, शिक्षा विकास तथा समन्वय एकाइका दुइ, वनस्पति अनुषन्धान कार्यालयका एक अनुपस्थित रहेका थिए । यस्तै डिभिजन वन कार्यालयका ४, शहरी विकास तथा भवन कार्यालयका एक, जलस्रोत तथा सिचाई विकास डिभिजनका ८, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका एक र स्वास्थ्य कार्यालयका १७ जना कर्मचारी अनुपस्थित रहेका थिए ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुले बिरामी भएको , घरमा श्राद्ध परेको जस्ता बहाना बनाएका थिए । कार्यालयमा जानकारी नदिइ केहि कर्मचारीले शनिबार विदाका दिन पनि हाजिर पुस्तिकामा हाजिर जनाएको पाइएको थियो । केहि कर्मचारीले  विदा पेश गरेको तर स्वीकृत नभइ अनुपस्थित रहेको पाइएकोे बताइएको छ । विना जानकारी कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुलाई स्पष्टिकरण सोधेर सचेत गराइने पनि बताइएको छ ।

nayabulanda

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी