BSC FM live


भौतिक निर्माण रोक्न माग


टुडे संवाददाता/ पाँचथर, २८ साउन
पाँचथर र ताप्लेजुङ जिल्लाको सिमामा रहेको तिम्बु पोखरी क्षेत्रमा भौतिक निमाण रोक्न माग गरिएको छ । तिम्बुङ वारक संरक्षण संयुक्त अभियानले फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै सोबारेमा जानकारी दिएको हो ।
अभियानका संयोजक दिलेन्द्र कुरुम्बाङद्धारा जारी बिज्ञप्तीमा रैथाने आदिवासी याक्थुम समुदायको पबित्र ऐतिहाँसिक धार्मिक स्थल आध्यात्मिक आस्था, संस्कृतिक महत्व र संपदा माथि आघात पर्ने कारण संक्रिटको प्रयोग सहितका भौतिक निर्माण रोक्न भनिएको छ । साथै त्यस क्षेत्रको मौलिकतामा पनि असर पर्ने भन्दै त्यसो नगर्न भनिएको छ ।
पोखरी परिषरमा बिष्णुको मन्दिर निर्माण गर्न लागिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । यस बिचमा अभियानले आन्दोलन अन्तरगत दोस्रो चरणको कार्यक्रम समेत सुरु गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तरगत ताप्लेजुङको सिदिङबा गाउँपालिकालाई ज्ञापनपत्र बुझाउने र त्यसको बोधार्थ नागरिक उड्यान मन्त्रालयलाई पठाउने उल्लेख छ । त्यस्तै मार्च पास सहित तिम्बुङ वारकको अवलोकन गर्ने, निर्माणाधिन संरचना हटाउन र अव त्यस क्षेत्रमा कुनै संरचना नबनाउन सचेत गराउने उल्लेख छ ।
लिम्बुवान स्प्रिङ आन्दोलन नाम दिइएको अभियानमा सहभागी युवाहरुको टोली फिदिमबाट त्यस तर्फ प्रस्थान गरेको छ । फिदिम छोड्नु पुर्व सुम्हात्लुङ मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहभागीले कार्यक्रमबारे जानकारी दिएका थिए । टोलीमा ४० बढी युवाहरु सहभागी छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी