BSC FM live


संपादकीय : आत्तिने होइन, सचेत रहने बिषय



पछिल्लो समय पाँचथरमा डेंगुका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस अघि धरान र आसपासका क्षेत्रमा मात्रै देखिएको यो संक्रमण पाँचथरमा पनि फेला परेको तथ्य बाहिरियो । यो बिषय अत्तालिएर के के न भयो भन्ने बिषय पटक्कै हैन ।
दिनमा मात्रै सक्रिय रहने एक प्रजातीको लामखुट्टेको टोकाइबाट सर्ने यो संक्रमण मानिस मात्रैबाट मानिसमा सर्दैन । हामी भयङकर डरलाग्दो संक्रमण हो भन्ने सम्झन्छौ भने त्यो गलत हो । सत्य के हो भने समयमा उपचार गराउन भुल्नु भएन । नजिकको स्वास्थ्य संस्थामा जान र चेकजाँच गराउन किन कन्जुस्याइ गर्नु पर्यो ?
पाँचथरमा पहिलो पटक डेंगु रोगका बिरामी भेटिएका छन । दुई साता यता त्यस्ता बिरामी भेटिन थाले पछि प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले जिल्लाको अवस्थाबारेमा चासो राखेको छ । यो सकारात्मक बिषय हो ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई पत्राचार गर्दै अवस्थाबारेमा जानकारी लिएको हो । मन्त्रालयले पत्राचार गरे पछि जिल्ला स्वास्थ्य कार्यालय तथ्याङक संकलनमा लागेको छ ।
पहाडी इलाकामा पहिलो पटक यस्तो संक्रमण भेटिएको हो । फिदिममा जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार हालसम्म ३ हजार ४ सय २५ जानमा त्यस्तो संक्रमण देखिएको छ । यो संख्या मोरङ, सुनसरी, झापा सहितका जिल्लाको हो । भेटिएका संक्रमित मध्ये मोरङका मात्रै तीन हजार रहेका छन । पछिल्लो समय पाँचथरमा ५ जनामा त्यस्तो संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आम नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको पाइएको छ । यो रोग भयङकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
लाम्खुट्टेले टोकेको तीन महिना सम्म शरिरमा त्यसको संक्रमण देखिने हुन्छ । मुख्य गरेर एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण हुन ।
लक्षण देखिना साथै स्वास्थ्य संस्थामा पुग्नु सबैभन्दा राम्रो हो । त्यो भन्दा पनि पहिला त्यसबाट बच्ने उपायहरु सोचौ । सचेत बनौ । डेंगुको बिषय आत्तिने होइन सचेत रहने बिषय हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी