BSC FM live


घुमन्तेकाे तिलिचाे डायरी


  • रूप्सुङहाङ ताेनिच् काेइच् 

 

मानिसहरु दशैँको रमझममा ब्यस्त थिए । पढाई तथा रोजगारिको शिलशिलामा गएकाहरु पनि देश तथा विदेशका विभिन्न स्थानहरुबाटबाट घर फर्किरहेका थिए । हिन्दु धर्मावलम्बि तथा समुदायको वर्षको सबैभन्दा ठुलो चाड, चारै तिर चहल पहल थियो, बजारहरु ब्यस्त थिए, मानिसहरु आफ्ना स–साना छोराछोरीहरु साथमा लिई उनिहरुको लागि नयाँ कपडा तथा अन्य घरायसि सामान किन्न बजार आएका देखिन्थे । बालबालिकाहरुमा एक प्रकारको हर्ष उमङ्ग छाएको थियो सायद दशैँ आएको थियो । यता लामो छुट्टि पछि घरमा आएर बसेको पनि तीन दिन भईसकेको थियो । लामो अन्तराल पछि बुवाआमाको साथै परिवारका अन्य सदस्यहरुसँग भेट हुन पाउदा मन फुरुङ्ग भएको थियो । हरेक दिन सानो तिनो काम अनि साँझ परिवार सँगै बसेर खाना खान पाउनु पनि साइत नै जुराउनु पर्ने रहेछ । परिवरबाट टाढा अनि एक्लै बस्न थालेको पनि पाँच वर्ष बितिसकेको रहेछे, एक्लै बस्नु पर्ने खासै केहि बाध्यता र कारण नभए पनि हामि सबै त्यसैमा खुसि थियौँ । दशैँ शुरु भईसकेको थियो महाअस्टमिको दिन भाई पनि घर आइपुग्यो साँझ परिवारका सदस्यहरुबीचको जमघट राम्रै भयो । बिहानको सुर्य उदयसँगै मैले आफ्नो झोला तथा आवश्यक सामानहरु तयार गर्न थाले त्यति खेरसम्म घरमा कोहि उठ्नु भएको थिएन । विहानपख आमाले पिधिको छेउमा राखेको झोला देख्नु भएछ सोध्दै हुनुहुन्थ्यो यो कस्को झोला हो किन बाहिर राखेको होलान् ? भनेर । त्यति नै खेर म टुप्लुक्क त्यहि पुगिहाँले अनि आमा म निस्कन लागेको हैँ भन्दै हतार–हतार गरे । आमा अलमल्ल हुँदै के भन्छ यो केटो कहाँ निस्किन लागेको ? अब दुईतीन दिन पछि जानु भन्दै हुनुहुन्थ्यो । सायद निकै बेर पछि मेरो निर्णय परिवर्तन नहुने देखेर होला,“लु राम्ररी जानु तिहारमा अलि चाडैँ आउन ” भन्न थाल्नुभयो, यहि सहमतिमा म परिवारबाट विदा भए । निस्कने बेला बुवाले टोट्लाको फुल र केहि पैसाका सिक्काहरु जाने बेला देउराली र कोशिमा ( सुनकोशि नदी)मा चढाई निस्कनु भन्दै हातमा थमाई दिनु भयो । पाईन्टको गोजिमा राखि घरबाट म खुरु खुरु निस्किएँ । जति हिँड्दै गए मन विस्तारै उति उति अत्तालिन थाले, समस्या त बीच बाटोमा आईप¥यो जब मलाई मेरो जाने गन्तब्य रोज्न साह्रै कठिन भयो । मैले धेरै समय अघि देखि नै पुर्वको (प्रदेशनं.१) को फन्को मार्छु भन्ने सोचिरहेको थिए तर लिस्टमा अरुण उपत्यका र सिक्किमको (भारत)

छाङ्गु ताल पनि थियो अनि मन भित्रै आफै सँग मनोवाद गर्दै बाटोमा आफैसँग बोल्दै हिड्न थाले । म सँग समय निकै कम थियो तर दुरिको हिसाबले पुर्वको फन्को मार्न धेरै समय लाग्थ्यो, त्यसमा पनि दशैँको समय, भोलिपल्ट विजय दशमी र ११ बजे टिकाको साइत थियो । कता–कता नमज्जा पनि लाग्यो, अनि एक्लै हास्दैँ आफैसँग प्रश्न गर्दै थिए, “लौ ! घुम्न निस्केको मान्छेको ताल पनि नि यस्तो हुन्छ त ?” सायद यात्राको क्रममा पहिलो पल्ट म यसरी अन्यौलमा परेको थिए लगाम बिनाको घोडा जस्तै, धेरै बेरको मनोवाद पछि यस पटक म फरक ठाउँमा निस्कन्छु भन्दै त्यो मध्य पहाडि राजमार्गको ओखलढुङ्गा र सिन्धुलीको सिमानाको त्यो झोलुङ्गे पुलमा धेरै समयसम्म त्यहिँ उभिरहे । पुर्वको ठुलो सहर धरान र पश्चिममा काठमाडौँ, अनि म दुई सहरको बीचमा यता जाउँ कि उता जाउँ गर्दै अल्मल्लि रहेको थिएँ । एक घन्टाको लामो पर्खाइ पछि मुस्किलले पुर्व बाट अगाडि सिसामा काठमाडौँे लेखिएको एउटा खालि बस आयो अनि अरु केहि सोचिन जे होला होला बाटोमा देखा जाएगा भन्दै बस चढियो अनि लागियो मध्य पडाडि राजमार्ग हँुदै वि.पि राजमार्ग तिर । बस खालि नै थियो त्यहि भएर होला सह चालकले सोधिहाले कहाँ सम्म दाई ? तुरुन्त उत्तर दिए काठमाडौँ । खुर्कोट पुगेपछि मोबाइमा टिङ टिङ घन्टि बज्यो, हेरे ब्याट्रि १० प्रतिशतबाट ९ मा झरेको रहेछ । अनि अफ हुँनु अघि एउटा नम्बर डायल गरेर सोधेँ लक्ष्मि (बहिनि) मनाङ्ग जाने हो तिलिचो ताल ? यो सुन्ने वित्तिकै उनी यति उत्साहित भईन् कि कहिले जाने दाई ? कति खेर ? को–को जाने एकै पटक प्रश्नै प्रश्नको ओइरो आयो । धेरै समय अघि देखि उनी ट्रेकिङजाउँ न दाई भनिरहन्थिन्, सायद त्यो सुन्ने वित्तिकै उनी त्यति धेरै उत्साहित भएको हुनुपर्छ । सबै आवश्यक सामानहरु न्यानो कपडाहरु, औषधि, बलियो ट्रेकिङ झोला, पन्जा , टोपि तयार गरि साँझ ४ बजे बसपार्क भेट्ने कुरा भयो । योजना तत्काल नै भएको हुनाले छिटै तयारी हुन सल्लाह दिए, यता बस भने आफ्नै गतिमा गुडिरहेको थियो । सात घन्टाको यात्रा पछि ओखलढुङ्गाबाट काठमाडौँ आईपुगियो, उनी ट्याक्सि लिएर आइन् र आवश्यक सामानहरुको जाँच गरी बस पार्क तिर लाग्याैँ। लगभग काठमाडौँ सुनसान भईसकेको थियो । दशँैको लागि उपत्यका बाहिर जानेहरु पनि गइसकेका थिए । रोडमा गाडिहरु पातलो चलेको थियो, प्राय पसलहरु पनि छिटपुट मात्र खोलिएको देखिन्थे । बस पार्कमा हामीले लमजुङको बेसिँसहर (मनाङको प्रवेश द्धार) जाने कुनै बस भेटेनौँ, सबै बसहरु बिहानै छुटेको र भोलि टिका भएकोले बस चल्ने वा नचल्ने कुनै जानकारी नभएको, सम्बन्धित यातायात ब्याबसायिका एक जना दाईले भन्नु भयो । त्यस पछि हामी एकछिन् अलमल्लमा प¥यौँ, दशैँको बेला गाडि नपाउनु स्वाभाविक नै थियो, अनि हाम्रो यात्रा पनि त्यस्तैे । एकछिन् पछि एउटा हायस् भेट्याँै तर १० जना मानिस पुग्नुपर्ने र डबल भाडा दिए मात्र बेसिँसहर जान सकिन्छ भनेर बताउनु भयो । हामिलाई बेसिँसहर पुग्नै पर्ने भएकोले केहि झिनो आशा सहित त्यहि हायसको छेउछाउ बसिरह्यौँ । केहि समय पछि हामी जस्तै चारपाँच जना मानिसहरु भेट्याँै, कोहि वैदेशिक रोजगारिबाट फर्कनु भएको रहेछ, कोहि गाडि नपाएर बसका रहेछन्, जे होस् यताउति गरेर आठ जना भयौ । डबल भाडा पनि दिने सहमति भयो र बाटोमा थप मानिस भेटिन्छ होला भन्ने आश्वाशन दिएपछि हायसका ड्राईभर दाई बेसिँसहर जान सहमत हुनु भयो । हामी बसपार्क बाट हिमाल पारिको जिल्ला मनाङ र सोहि जिल्लामा पर्ने विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताल सम्मको पहिलो दिनको यात्रामा हामी निकै उत्साहित हुँदै बेसिँसहरका लागि छुट्यौँ । हतारमा मैले बुवाले दिनु भएको टोट्लाको फुल र सिक्का कोशिमा चढाउनै बिर्सेछु अनि फर्केर आएर चढाउँनेछु भन्दै झोलाको चेपमा सुरक्षित राखेँ । नभन्दै नागढुङ्गा नकट्दै छोटो दुरिकै लागि भए पनि मानिसहरुले गाडि भरियो । ओखलढुङ्गा देखि काठमाडौँ र काठमाडौँ देखि लमजुङ्ग १४ घण्टाको निरन्तर यात्रा पछि राति ११ बजे लमजुङ्गको बेँसिसहर पुग्यौँ । हायस बाट झर्ने भनेको हामी दाजुबहिनी मात्र थियौँ ।


साँझ बेँसिसहरमा बास बस्यौँ र बिहानीपख मनाङ को खाङसार पुग्ने लक्ष्य सहित तयार गर्न थाल्याँै । जुन होटलमा बास बस्यौँ त्यसै होटलको दिदिसँग छोटो कुराकानी भयो, उहाँहरु ै जागिरको सिलसिलामा पुर्व भोजपुरबाट बेँसिसहर पुग्नु भएको रहेछ, अहिले सबै यतै बस्नु हुँदो रहेछ । पुर्वेली लवजको बोली, अनि बोल्दा हरेक पटक “हौँ” भन्नुहुन्थ्यो । जे होस् मैले सोचेको जस्तै हुनुहुन्थ्यो दिदी मिजासिलो र सहयोगी भावनाको  । अझ मैले भन्दा पनि बहिनीले खुलेर कुरा गरिन्, आखिर पहिलेका भए पनि दुवै जना जिल्लाबासी न थिए । बेँसिसहरको बिहानको चिसो–चिसो मौसम, उत्तरमा देखिएको मनै लोभ्याउने हिमशृङ्खला अनि मनाङ कस्तो होला ? भन्ने मनमा कौतुहुल्ता जाग्न शुरु भईसकेको थियो । बिहानै निधारमा कसैले सेता त कसैले राता टिका अनि शिरमा जमरा लगाई मानिसहरु बाटोमा हिड्डुल गर्न थालिसकेका थिए । माथि फोन लाग्ने नलाग्ने टुङ्गो नभए पछि, हामीले आ–आफ्नो घरमा फोन गरौँ, बेँसिसहर पुगियो अब फोन नलाग्न सक्छ है भनिजानकारि गरायौँ । वातावरण एकदम रमणिय थियो, छुटपुट भएका केहि सामान किन्यौँ र मौका मिले फर्किदा पुनः त्यहि होटलमा बास बस्न आउछौँ भन्दै विदा भयौँ । टिकाको दिन भएकोले जिपहरु जाने कि नजाने अन्यौल थियो, तर केहि समय पछि हामी दुई दाजुबहिनी सँगै अन्य ६ जना घुमन्तेहरुको टोलिलाई लिएर जिप मनाङ्गका लागि निस्कियो ।


साँघुरो कच्चि बाटो भएकोले ठुलो सवारी साधनहरु मनाङ जान सक्दैनन्, त्यसैले मानिस देखि हरेक सामन र रासनको ढुवानी जिप बाटै हुँदो रहेछ । मस्र्याङ्दी नदिको किनारैकिनार दोस्रो दिन को यात्रा शुरु भयो । जब हामी अग्ला सेताम्य हिमालहरु र हरिया फाँटहरु देख्थ्यौँ, मोबाइल र क्यामेरा उतैतिर तेर्साई हाल्थ्यौँ । चिसो मौसम, अलि अलि कुहिरो, जिपको पछाडिको भागमा शिरशिर बतासहरु सँगै गुडिरहेको थियौँ, मन भने चङ्गा झैँ उडिरहेको थियो । मलाई अझै याद छ, साथमा नेपथ्य ब्यान्ड को “छेक्यो छेक्यो देउरालि डाँडा हुस्सु र कुहिरोले, जाँ गए पनि छोडेन मलाई मायाको धुईरोले” भन्ने गीत बजिरहेको थियो । कता कता वर्षाैँ अघिका भुपु मायालुको सम्झनाले मन झसङ्ग बनाई रहेको थियो । जे होस् प्रफुल्लित मन र जिप आफ्नै गतिमा अगाडि बढिरहेको थियो । हामी अर्खाले छोडेर स्याङग्ये तिर लागिसकेका थियौँ स्याङग्ये पुग्नु भन्दा ठिक केहि कि.मि अगाडिको भिर काट्ने क्रममा माथि बाट दुई तिन ओटा ढुङ्गाहरु हाम्रो शिर भन्दा केहि से.मि.को फरक हुँदै तल खस्यो । हामी सबै एक छिन अत्तालियौँ धन्न कसैलाई कुनै चोटपटक नलागे पनि जिपको अगाडिको सिसा नमज्जाले फुट्यो । जिपमा सवार सबै जना डरायौँ किन कि त्यो ढुङ्गा यति माथि बाट आएको थियो कि, कसैले अनुमान सम्म गर्न सकेका थियनौैँ । यदि त्यो ढुङ्गाले  कसैलाई लागेको भए माहोल अर्कै हुन्थ्यो होला सायद, सायद यो डायरी यति मै सिमित हुन्थ्यो कि ! सिसामा लागेर ढुङ्गा उछिट्टियो अगाडिको सिटमा बस्नेहरु नराम्रो सँग डराए । लगभग ४५ मिनेटको अलमल पछि पुनः हाम्रो गन्तव्य तिरको यात्रा शुरु भयो । त्यस पछि जिपको पछाडि भागमा नबस्ने निर्णय गरियो, करिब दुई घन्टाको यात्रा पछि हामी मनाङको चामे बजार पुग्यौ, केहि घुमन्ते साथिहरु भने चामेमा नै ओर्लिए । हामिलाई पनि त्यहि झरि सँगै हिडेर जाने अनुरोध गर्दै थिए । हाम्रो समय कम भएकोले त्यो अनुरोध स्वीकार्न सकिएन र हामी अगाडि बढ्यौँ । जति अगाडि जान्थ्यौ त्यति नै बाटोमा घटेको घटनालाई बिर्सदैँ प्रकृतिको मनमोहक सुन्दरता भित्र हराउँदै जान थाल्यौँ । शुरु देखि अन्त्य सम्म बाटोमा देखिने त्यो खोलाको निलो पानी, सेताम्य दन्त देखाई हाँसिरहेका हिमशृखलाहरु, अनगिन्ति झरनाहरुको सौन्दर्यता मा रुमलिन्दै हामी अगाडि बढ्दा ति अप्ठेरो भिर र कच्चि बाटो जहाँ पुग्दा जिउ नै सिरिङ्ग हुने, डरत्रासहरु पनि भुल्थ्यौँ । कहिले काहि ठाउँ ठाउँमा आखाँ चिम्लिदै आज त गईयो तल तिर जस्तो नि लाग्थ्यो अनि सुन्दर ठाउँहरुमा सु गर्ने बहना गर्दै गाडि रोक्न पनि लगाईन्थ्यो कति ठाउँमा ड्राईभर दाई आफैँले बुझेर रोकिदिनु हुन्थ्यो । सायद हरेक चेक पोष्टहरु र अप्ठेरा बाटोहरुमा झरेर फोटो खिच्न आतुर हुन्थ्यौँ । साँच्चै मनाङ स्वर्गको एउटा टुक्रा नै रहेछ । मैले जे अनुभव गरँ,े जे देखेँ, आफुलाई भाग्यमानि ठान्छु, म नेपाल जस्तो सुन्दर देशको नेपाली नागरिक भएर जन्मिएकोमा । त्यहाँका सौन्दर्यहरु यति मनमोहक थिए कि यो डायरीमा जति नै बयान गरे पनि फिक्का मसि झँै हुनेछ । भनिन्छ अनुभव त आत्माअनुभुति गर्ने हो, शब्दमा बयान गर्न सकिन्न ।

 

चामेबाट जिपमा जानु भन्दा केहि दिन थप हिडेर मनाङको माथिल्लो भेग जानुको अनुभव छुट्टै हुने रहेछ । तर हामि त्यति भाग्यमानी हुन सकेनौँ, यसपटक छोटो समयको लागि भए पनि बाटोमा जे देखियो, त्यो समय पनि अमुल्य सावित भयो । कच्चि बाटोको लामो यात्रा पछि साँझ सात बजे तिर मनाङ जिल्लाको खाङ्गसार पुगियो । मन नथाके पनि शरिर भने एकदम थकित भइसकेको े थियो । समुन्द्री सतहबाट १४०० मिटरमा रहेको बेसिँसहर र ३७५६ मिटरको उचाईमा रहेको खाङ्गसार निकै कम समयमा पुगेको महशुस भयो । हाम्रो शरिरले वातावरणमा घुलमिल र हिमालको उचाई सँग सन्तुलन बनाउन सकिरहेको थिएन, शरिर पनि बेस्सरी थाकिसकेको थियो । जसले गर्दा साधारण टाउको दुख्ने र वान्ता आउन खोज्ने जस्तो लेक लाग्ने (altitude sickness)हाम्रो गन्तव्य सँग जुधिरह्यौँ । कान्छा शेर्पा दाईको होटलमा साँझको नास्ता खाएपछि लसुनको सुप बनाईदिनु भयो । मैले गत बर्ष २०७४ मुस्ताङ यात्रामा नै याक को सुकुटि को स्वाद लिईसकेको थिएँ र बहिनीलाई पनि एक पटक स्वाद लिन सल्लाह दिएँ । होटलका दाईदिदी एकदम मिजासिलो र मेहनेति हुनुहुन्थ्यो । हामीलाई ग्राहक भन्दा नि लामो समय पश्चात परिवारको कुनै सदस्य घरमा आएको जस्तो आभास भईरहेको थियो । छोराछोरीहरु पढाईको क्रममा विभिन्न देशहरुमा हुनुहुँदो रहेछ, त्यहि भएर होला उहाँहरुले हामिलाई आफ्नो छोराछोरी भन्दा कम हुन दिनु भएन । बिहान सबेरै उठ्याँै र तिलिचो बेस क्याम्पको लागि तयारी हुन थाल्यौँ, लगभग चिसो शुरु भईसकेको हुँनाले मुख धुन निकै कठिन भयो । पानी जमेर वरफ हुन थालिसकेको थियो । बिहानै तिब्बेटियन चिया पियौँ र होटलको दाईदिदीले पनि जति छिटै निस्क्यो उति नै राम्रो हुने सल्लाह दिनु भयो । मध्यान्न १२ बजे पछि ठुलो हावा चल्ने भएकोले एक बजे अगाडि नै बीचको पैरो पार गरिसक्नु भनेर सुझाब दिनु भयो । सुझाबलाई आत्मसाथ गर्दै हामीले बेसिँसहरबाट बोकेको बिस्कुट, चाउचाउ र चक्लेटको झोला दाईदिदीलाई दिँदै हामी बिहान ५ः३० बजे बेस क्याम्पको लागि निस्क्यौँ, बिहानको खाना भने यामखर्कमा खाने निर्णय गरियो र हामी आफ्नै गतिमा पदयात्रा शुरु ग¥यौँ । यात्राको केहि घन्टा भित्रै मैले झोलामा चाहिने भन्दा धेरै नै समान बोकेछु भन्ने आभास भयो, साथमा भएको क्यामरा र हेब्बि ट्राईपोडले मेरो शरिरलाई साह्रै थकित बनाई सकेको थियो । सामान्यतया हिमाली भेगमा पृथ्वीको अन्य ठाउँमा भन्दा ग्राभिटि फोर्स निकै धेरै हुने गर्दछ । त्यसैले होला मेरो १५–१८ के.जि.को सामान्य झोला अनुमानित २५ के.जि सम्मको पुगेको हुनुपर्छ भन्थ्ये टे«किङ गाईडहरुले । हामी दाजुबहिनी सँगै ट्रेकिङ गएपनि अघि÷पछि हुन्थ्याँै अनि गन्तव्यमा मात्र भेट हुन्थ्यो । यो एक किसिमको नियम नै हो । एक अर्कालाई पर्खिबसौँ भने शरिरको शक्ति खेर जाने र फेरि शरिरमा उर्जा ल्याउन गाह्रो र अल्छि हुँनेहुँदा सकेसम्म गतिलाई एकै किसिममा निरन्तर हिड्न सक्नु पर्छ ।

लगभग ३ घन्टाको पदयात्रा पछि याकखर्क पुग्यौ । याकखर्क एउटा विन्दु हो, जहाँ तिलिचो ताल जाने र संसारकै उच्च स्थानको थोरङग्लापास जाने बाटोहरु छुट्टिन्छन् । हामी लसुनको सुप र तिबेटियन चिया पिई, तिलिचो तालको बाटो निरन्तर पछ्यायौँ । सेताम्य हिमालको धेरै नजिक हुँदै तिलिचो तालबाट बगेर आएको खोलाको माथि–माथि भिरालो र अप्ठ्यारो बाटो हुँदै, ठाउँठाउँमा फोटो खिच्दै जाँदा कहिले रमाइलो हुन्थ्यो त कहिले बेसक्याम्प कतिबेला पुगौँला जस्तो हुन्थ्यो । दुरभाग्य नै भन्नु पर्छ मैले बीच बाटोमा लगाएको टोपी कता खसालेँ पतै पाईन । चिसो हावाबाट जोगिन ज्याकेट को टोपि लगाएँ, तर त्यसले खासै काम गरेको थिएन । नभन्दै हामिले एक बजे याकखर्क र बेसक्याम्पको बीचको चार घण्टाको डरलाग्दो लामो पहिरो पार गर्न सफल भयाँै । पहिरो कटेपछि अलि सास लिँदै बेस क्याम्प तिर लाग्याँै, करिब तीन बजे हामी समुन्द्री सतहबाट ४२०० मिटरको उचाईमा रहेको तिलिचो बेसक्याम्पमा पुग्यौँ । बेस क्याम्पको वातावरण अलि फरक थियो । त्यँहा केहि नेपाली गाईडहरु अनि यताउता छरिएर बसेका पर्यटक, धेरै जसो डाईनिङ हलमै लम्पसार लागेर सुतेका थिए । नेपाली घुमन्ते साथिहरु हामीे होटलमा पुग्दा सम्म कोहि थिएनन्, सायद दशँैको बेला भएर पनि होला । टोपी हराएपछि, चिसो हावामा हिडेर होला मलाई बेस्सरि टाउको दुख्यो, धेरै समय टाउको निहुँराएर बसे । साँझपख सम्म होटल सबै भरिसकेको थियो । खानाखाने बेला काठमाडौँबाट गएको छ जनाको नेपाली टोलि भेट्यौँ । उनिहरु चार जना केटा र दुई जना केटि थिए । विडम्बना ति मध्ये एक जनालाई बेस क्याम्प मै लेक लागेको थियो, अरु दुई जना चिसो र उचाईका कारण बिरामी भएका थिए । छोटो समयको अन्तरालमा हामी पुगेको उचाइ र त्यस उचालाई शरिरले सन्तुलन गर्न नसक्नु नै लेक लाग्नुको कारण थियो । हामीसँग भएको औषधि, मरिच र लसुन खान दियौँ, तर केहिले काम नगरे पछि, होटलको आकस्मिक कोठामा लगेर अक्सिजन दिनु पर्यो । बेसक्याम्पमा जम्मा तीन ओटा होटल छ, उक्त होटलमा मात्र आकस्मिक अक्सिजन उपलब्ध रहेछ । अक्सिजन नपुगेर गत वर्ष मात्रै बेस क्याम्पमा दुई जनाको ज्यान गएको सुनेपछि उनीहरु झन अत्ताल्लिएका थिए, हामी पनि डरायौँ । रातको समय भएकोले उनिहरु मनाङ फर्किने सम्भावना थिएन । जसोतसो हामी आठ जना नेपालीहरुको टोली ठुलो टेन्ट भित्र सुत्यौँ, तर याद छ अझै उनीहरु मात्र होइनन् राति हामी पनि राम्ररी निदाउन सकेनाँै । बहिनी र मलाई पनि श्वाप्रश्वासमा निकै कठिन भयो, औषधि र लसुन, मरिच खाँदै रात बितायौँ । यात्राको चौँथौो दिन ३ रातको को कठिन यात्रा पछिको हाम्रो गन्तब्य तिलिचो ताल । विहानै केहि चकलेट अनि थर्मसमा तातो पानि बोकि हामि दाजु बहिनि तिलिचोको लागि निस्कियौ तर उनिहरु भने मनाङ फर्किने कुराहरु गर्दै थिए । सायद यात्रा यस्तै थियो कति साथिहरु भेटिन्छन कति छुट्टिन्छन तर हामि एकले अर्कालाई पर्खेर बस्न सकिदैनथ्यो । हामी उनिहरुको निम्ति एकदम दुखि थियौँ । हामीसँगै तिलिचो ताल जान सकेनन्ैँ र सँगै उनिहरुसँग फर्किन पनि सकेनौँ मनमा दुःख प्रकट गर्दै हामि सरासर उकालो लाग्यौँ । विहानको चिसो तर स्वस्च्छ ति हावाहरुमा नयाँ उर्जा र उच्च मनोबल सहित उकालो लाग्यौँ , वातावरण यस्तो थियो कि लाग्थ्यो नयाँ दुलहि भित्राउन विवाहमा जसरि जन्तिको लस्कर लाग्छ नि हो त्यस्तै थियो । हामि भन्दा अगाडि पनि लस्कर नै अनि हामि भन्दा पछाडि नि लस्कर नै थियो, दृश्य निकै रमाईलो थियो । बेस क्याम्प र तिलिचोको बिचमा नौँ घुम्ति भन्ने ेठाउ छ जहाँ धेरै पद यात्रिहरुले हार मान्ने गर्दछन् । त्यहाँ सम्म आईपुग्दा केहि पर्यटकहरु हरेष खाएर ओरालो झर्न थालिसकेका थिए । त्यो नाक थोकिने उकालो अनि जिवनमा एक पटक जसरि भएनि तिलिचो पुग्ने सपना दिमाखमा त्यो बाहेक केहि थिएन । नौँ घुम्तिमा नै हो जहाँ दुई भारतिय पर्यटकहरु पनि थिए जहाँ एक जना नाक थोक्किने उकालो र उचाई कै कारण हरेष मान्ने अवस्थामा थिए । म सँग भएको केहि चकलेट, लसुन र मरिच दिए र विस्तारै आउन सुझाव दिए र हामी फटाफट निस्कियौँ । लगभग हिडेको ४ घन्टा पछि हामी तिलिचो पुग्यौ । आहा !! सायद सुन्दर त्यसैलाई नै भन्छ होला, त्यो पहेला तथा खैरा डाडाघेरिएको अनि विचमा निलो मोति झै आफ्नै प्रकाशमा झलमल्ल भएर मग्न भएर बसिरहेको े तिलिचो ताल । चिसो बतास अनि तालको छहराहरुको त्यो सुस्केराले आफैलाई विर्साईदिई केहि क्षण मौणतामा परिणत गरिदियो । मन फुरुङ्ग थियो सायद प्रकृतिले शृजना गरेको त्यो दृश्य साच्चिकै सुन्दर र अविस्मर्णिय थियो । आत्मअनुभुति लाई शब्द र चित्रमा रुपान्तरण गर्ने कवि र चित्रकार ले मात्र तिलिचोको उचित वर्णन गर्न सक्नेछन् भने जति नै वर्णन गरे नि घुमन्तेको यि शब्दहरु सधै फिक्का हुनेछन् ।

समय लाई रोक्न सक्ने भए म केहि समय त्यो समयलाई त्यहि रोकि कयौ दिन र रातहरु त्यहि बिताईदिन्थ्ये तर त्यो सम्भव थिएन । केहि समयको बसाई पछि हाम्रो यात्राको गन्तब्य बाट फर्किने निर्णय गरियो किनकि हिड्न अझ धेरै बाकिँ थियो । अन्त्यमा छोटकरिमा यो डाईरिलाई टुङग्याउदा, तिलिचो बाट सरासर हामि बेस क्याम्प झ¥यौ । ओरालो भएकोले निकै कम समयमा नै बेस क्याम्प पुग्यौ । हामी बेस क्याम्प पुग्दा ति विरामि साथिहरु कोहि थिएनन् । उनिहरु विहानै मनाङ्ग फर्किसकेकोे होटलको एक जना दाईले बताउनु भयो । हामि नि हतार हतार गर्दै खाना खायौँ र भारि मिलाएर सरासर मनाङ्गको लागि निस्क्यौँ । बेस क्याम्प देखि तिलिचो, तिलिचो देखि बेस क्याम्प, र बेस क्याम्प देखि मनाङ्ग, विहान देखि को लगातारको १३ घन्टा यात्रा पछि साझ खाङगसार मनाङ्ग आईपुग्यौँ । बाटोमा सोलुखुम्बु घर भएका ति शेर्पा साथिले सहयोग नगर्नु भएको भए हामि त्यस दिन खाङ्गसार मनाङ्ग आईपुग्ने थिएनौँ । शेर्पा साथिहरुले बहिनिको झोला बोकि सहयोग गरेको हुनाले उनिहरु म भन्दा निकै अघि गईसकेका थिए । साझ याक खर्क वरको पैरोमा नाउरहरु चर्ने क्र्रममा ढुङ्गा लडाउदा केहि समय अल्झिएको थिए भने गह्रौ भारि र भोकले यात्रामा पहिलो पटक मेरो आखाँहरु रसाएका थिए । यो यात्राले धेरै पाठ सिकाएको छ जुन आउने यात्राहरुमा कदापि दोहोरिने छैनन् । हामि तिलिचो जादा सुनसान खाङ्गसार फर्कदा भने त्यस्तो थिएन हरेक होटल देखि घर र गोठहरु पनि खचाखच भरिभराउ थियो । दशै पनि सकिएछ, खाङसार मनाङ्गमा नेपालि घुमन्तेहरुले भरिभराउ थियो । दसैमा हुने लामो विदा अनि नेपालिहरुको घुमन्ते मोह र पैेसा खर्च गर्न अलिकति नि कन्जुसाई नगर्ने बानि त्यहि भएर होला युवाहरु देखि अधवैँशे मानिसहरुको चहलपहल निकै थियो । त्यो दिन हामि त्यहि दाईको होटलमा गयौँ तर हामिले कुनै रुम पाएनौँ एक छिन त्यो अवस्था देखेर झनक्क रिस पनि उठ्यो तर हामि खुसि थियौँ कि नेपालिहरुको घुमन्ते मोह देखेर । त्यो रात हामि सँगै जँम्मा ८ जनाले डाइनिङ्ग हलमै सुतेर रात वितायौँ जे होस दुःख सुःख रात न कात्नु थियो । भोलि पल्ट विहान केहि समय मनाङ घुम्यौ , कोहि आईस लेक तिर जादै थिए भने हामि चै बेँसिसहर तिर लाग्यौ । सोहि दिन हामि ५ बजे बेँसिसहर पुग्यौँ । डुम्रे सम्मको गाडि भेटेपछि हामि डुम्रे तिर हानियौँ र साझ ११ बजे हामि कलङ्कि आईपुगेका थियौँ । हामिले गरेको यात्राको शैलि निकै गलत थियो तर ति चुनौति र जोखिममा रमाउनु खोज्नु नै हाम्रो उदेश्य थियो । यात्रा अवधि भर हामिले विश्राम लिने समय नै सोच्न भ्याएनौ जति सकिन्छ दुरि पार गर्ने उदेश्य भईदियो कारण वस शरिरहरु एकदम थकित भए । विहान को ६ बजे देखि राति १२ बजे सम्म निरन्तर यात्रा भयो अनि विचमा ४–५ ओटा गाडि फेर्दै हिड्दा एक हिसावले रमाईलो अनि जोखिम दुवैको अनुभुति गर्याै । विदेशि पर्यटकहरुको निम्ति जम्मा १६ दिनको पद यात्रा हुने गर्दछ तर नेपालिहरुले भने ७ देखि ९ दिन भित्र यद यात्रा पुरा गर्न सक्छन् । मैले यात्राको क्रममा नै अर्काे यात्रा पुर्वको हुनेछ भनेर अठोट गरिसकेको थिए । बहिनिले पनि अर्काे पटक एकल यात्रा गर्ने संकल्प गरेकि छिन उनलाई अग्रिम शुभ कामना र टोट्ला अनि त्यो दुई रुपैयाको सिक्का कोशिमा चढाई म सुदुर पुर्वको.यात्रामा चाडै निस्कने छु । ५ रात ६ दिनको छोटो यात्रा यो डाईरिले यहि विदा माग्छ ।
केहि शब्द मनाङ अनि तिलिचो ….
मनाङ साच्चिकै सुन्दर छ र तिलिचो सम्मको यात्रा त्यतिकै जोखिम पुर्ण तर असम्भव भने छैन । हिमालि भेग र उचाईको कारण लेक लाग्ने समस्या प्रमुख चुनौति भईदिन सक्छ । आवश्यक सामान तथा औषधिहरुको सम्पुर्ण तयारि राम्ररि बन्दो व्यवस्था गर्नु पर्छ । आवश्यक भन्दा धेरै सामान बोक्नु आफैले दुःख पाउनु सरह हो । सकभर टे«किङको केहि दिनहरु थप गरि चामे बाट हिडेर जानु भयो भने अति उत्तम हुने छ भने शरिरले मौसम सँग घुलमिल हुँने प¥याप्त समय नि पाउछ । मनाङको तिलिचो ताल सम्मको एकल पैदल यात्रा गर्न पनि सकिन्छ तर याद गर्नु गदि बाटोमा कुनै समस्या भयो भने तपाई निकै गाह्रो हुँन सक्छ त्यसमा भने पुर्व तयारि अवस्थामा रहनु पर्छ । सुरक्षाको हिसावले नि निकै नै सुरक्षित रहेको मानिन्छ । मनाङको तिलिचो घुमेर याक खर्क बाट छुट्टिएर संसारकै अग्लो स्थानको पास थोरङ्ला पास गरि मुक्तिनाथ र माथिल्लो मुस्ताङ घुमेर आउन सकिन्छ । खर्चको हिसावले तिलिचो सम्मको साधारण २० देखि २५ हजार सम्म खर्च लाग्र्दछ मुस्ताङ सम्म पुग्ने भए त्यहि अनुसार खर्च पनि बढ्दै जान्छ । नेपाल आफैमा फोटोजेनिक देश भएकोले यात्राको क्रममा राम्रो राम्रो ल्यान्डस्केप फोटोहरु लिन सकिन्छ । भदौ, असोज र कार्तिक को अन्तिम सम्म जान सकिन्छ भने चैत र बैशाख मा छुट्टै रौनक हुने गर्दछ । बाटोमा भेटिने झरणाहरुमा रोक्न नर्विसनु होस् यो ट्रेकिङ रुटमा प्रशस्त झरणाहरु भेटिन्छन जुन अरु रुटमा भेटिदैनन् । कम्तिमा पनि १६ वर्ष भन्दा माथिको उमेर समुहका युवाहरु हुनुभयो भने यात्रा गर्न उत्तम हुने छ भने आफ्नो परिवार लाई पुर्व जानकारि गराएर निस्कदा राम्रो हुनेछ । छुट्टिलाई राम्रो सँग सदुप्रयोग गर्न चाहानु हुन्छ भने मनाङ र तिलिचो तालले तपाईलाई निराश पार्ने छैन् । नारफु र काङ्ला पास मनाङ को नयाँ टे«किङ रुटमा पर्दछन थप जानकारिको लागि घुमन्तेको नयाँ भिडियो हेर्न सक्नु हुँन्छ । खेर जस्ले जे भने पनि जे सोचे पनि नेपालको ७७ जिल्ला र ७ प्रदेश पुरै घुम्नु पर्छ है ।।।।।
आवश्यक सामग्रिहरु
हलुका न्यानो कपडाहरु, औषधि, बलियो ट्रेकिङ झोला, पन्जा , मोझा, टोपि, क्यामरा, चक्लेट, कालो चस्मा, पाओर बैक, बुक, महिलाहरुको लागि प्याद, बलियो टे«किङ बुट, स्टिक ….
पुरा गरेको ५ दिने ट्रेकिङ रुट
१.काठमाडाँै देखि बेसिससहर ( ६ देखि ७ घँँन्टाबो बस यात्रा )
२.बेसिसहर देखि खाङसार–मनाङ ( १० देखि १२ घँँन्टाको जिप यात्रा )
३. खाङसार–मनाङ देखि तिलिचो बेस क्याम्प ( ७ देखि ९ घँँन्टाको पैदल यात्रा )
४. तिलिचो बेस क्याम्प देखि तिलिचो ताल, तिलिचो ताल देखि खाङसार–मनाङ ब्याक ( १२ घँँन्टाको पैदल यात्रा )
५. मनाङ देखि बेसिसहर र सोहि दिन काठमाडौँ ब्याक ( १८ घन्टाको जिप यात्रा )

इमेलबाट प्रतिक्रिया दिनलार्इ ः [email protected]

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी